सूर्य पाठकको चुनावी नाराः ‘सूर्यलाई सूर्यमा मतदान’
बागलुङ / बागलुङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार सूर्य पाठकले आफ्नो चुनावी नारासहितको ‘लोगो’ सार्वजनिक गरेका छन् ।
मंसिर ४ गते हुने आम निर्वाचनमा चुनावी अभियान सञ्चालन गर्नका लागि ‘सूर्यलाई सूर्यमा मतदान’ नारासहितको लोगो सार्वजनिक गरेका हुन् ।
यही लोगो र नाराअनुसार पाठकले आफ्नो चुनावी कार्यक्रम सञ्चालन गर्नेछन् ।
बागलुङ १ मा पाठकले राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिस्पर्धा गर्र्दैछन् । आगामी निर्वाचनमा यी दुई उम्मेदवारबीच बलियो प्रतिस्पर्धा हुने ठानिएको छ ।
यसअघि सोही क्षेत्रबाट निर्वाचन लडेका पाठकले आफ्नो लोगोसहितको चुनावी नारा सार्वजनिक गरेसँगै चुनावी अभियानलाई थप तीव्रता दिइने बताएका छन् ।
बिहीबारदेखि निर्वाचन आयोगले प्रचारप्रसारको दायरालाई थप फराकिलो बनाएपछि उनले सोही अनुसार गर्न लागेका हुन् ।