नेपाल फर्किए पछि तेस्रो विवाह गर्ने सोचमा छु : सुपरस्टार नायक भुवन केसी (भिडियो सहित)
ल्यानक्यास्टर,पेन्सिलभेनिया/ अमेरिका भ्रमणमा रहेका नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष सुपरस्टार नायक भुवन केसीले अब आफु औपचारिक रुपमा तेस्रो विवाहको तयारीमा रहेको बताएका छन्।
समाज टाइम्ससँगको विषेश कुराकानीमा नायक केसीले आफु लामो समय देखि एक महिला सँग सम्वन्धमा रहेको र अब छिट्टै विवाह गर्ने तयारीमा रहेको बताए।
उनले चलचित्र क्षेत्रमा सफल भए पनि नीजि जीवनमा भने असफल रहेको स्वीकारे। अमेरिकामा रहेकी पहिलो पूर्व श्रीमती सँग अझै पनि आउजाउ रहेको तर दोस्रो श्रीमति सँग भने सम्वन्ध नरहेको बताए।
उनले जीवनको उत्तरार्धमा कोही न कोही साथी चाहिने भएकाले अहिले सम्वन्धमा रहेकी महिला सँग औपचारिक रुपमा नै विवहा गर्ने बताए।
चलचित्र बिकास बोर्डका अध्यक्ष केसीले केही व्यक्तिले आफ्नो फिल्म चलाउन आफ्नो बाउ छोरालाई विवादमा पारेको बताए।