गायक राजेश पायल राईको नर्थ क्यारोलिनामा प्रस्तुति अक्टोबर तीस तारिक
|
Getting your Trinity Audio player ready...
|
नर्थक्यारोलिना, अमेरिका। सांगीतिक टूर सहित झण्डै एक महिना अमेरिका भ्रमणमा रहेका चर्चित गायक राजेश पायल राईले नर्थक्यारोलिनामा अक्टोबर ३० तारिक आइतबार प्रस्तुति दिने भएका छन्।
तिहारको उपलक्ष्यमा हुने सांगितिक कार्यक्रम नर्थ क्यारोलिनाको हाई पोईन्टस्थित ब्लु बर्ड ईभेन्ट सेन्टरमा हुने छ। पछिल्लो समय नर्थ क्यारोलिनामा नेपालीको संख्या बाक्लिदै गएको छ।

आयोजक शिव बिष्टका अनुसार राईका साथै भ्वाइस कपका फाइनलिष्ट बाबा खालिङको पनि प्रस्तुति रहने छन्। कार्यक्रम साँझ पाँच बजेबाट शुरु हुने जनाइएको छ।
नमस्ते लुम्बिनी रेष्टुरेष्टको हाई प्वाईन्ट र पीस जोन होम केयर ईन्कले कार्यक्रमको आयोजना गर्न लागेका हुन्।
कार्यक्रमको प्रवेस टिकट ३० अमेरिकी डलर राखिएको छ।









