अमेरिकाको डिभि भर्दा ध्यानदिनु पर्ने चार कुरा
पेन्सिलभेनिया,अमेरिका। अमेरिकाको लागि २०२४ को डाइभर्सिटी भिसा (डिभी)को आवेदन बुधवार देखि खुलेको छ।
अक्टोबर पाँच तारिक (असोज १९) देखि खुलेको डिभी नोभेम्बर रातिको ९:४५ बजे (कार्तिक २२) २०७९ सम्म भर्न पाइन्छ।
आवेदन दिनको लागि तपाईं https://dvprogram.state.gov/ मा गएर मागिएको जानकारीहरू उपलब्ध गराउनु पर्नेछ।
डिभी भर्दा मुख्य रुपमा चार कुरालाई ध्यान दिन काठमाडौं स्थित अमेरिकी दुतावासले जनाएको छ।
‘यदि तपाईं आवेदन दिने विचारमा हुनुहुन्छ भने हामी तपाईंलाई हामीले दिएका सुझावहरूमा ध्यान पुर्याउन आग्रह गर्दछौं:’ दुतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
दुतावसका अनुसार भिडी भर्दा ध्यानदिनु पर्ने बुँदाहरु निम्नानुसार छन्।
१. दिइएको निर्देशनहरुलाई ध्यानपूर्वक पालना गर्नुहोस्।
२. आवेदनमा आफ्नो परिवारका सबै सदस्यहरुको विवरण उल्लेख गर्नुहोस्।
३. विगत ६ महिना भित्र खिचिएको फोटो प्रयोग गर्नुहोस्।
४. स्पन्सर लगायत अनावश्यक कागजात र सेवाहरुको लागि शुल्क नतिर्नुहोस्।
डिभीको आवेदन निशुल्क छ र यो तपाईंले आँफैं सजिलै भर्न सक्नुहुन्छ। आफ्नो आवेदन बुझाउनुअघि देहाएका सुझावहरू राम्ररी पढ्नुहोस्: