आत्मसमर्पण गरेका सन्दीप लामिछानेलाई विमानस्थलमै लगाइयो हतकडी
पेन्सिलभेनिया,अमेरिका । आफु माथि लागेको नाबालिकामाथि बलात्कारको गम्भिर आरोप अस्वीकार गर्दै कानुनी लडाइका लागि नेपाल पुगेका क्रिकेटर सन्दीप लामिछाने काठमाडौै स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट पक्राउ परेका छन्।
आरोप लागेको एक महिना पछि सामाजिक सञ्जालमा स्टाटस लेखेर बिहीबार उनी नेपाल पुगेका हुन्। बिहीबार बिहान ११ बजेतिर उनी नेपाल पुगे सँगै प्रहरीले पक्राउ गरि हतकडी लगाएको हो।
सेतो ट्रायकसुट, कालो टोपी र माक्स लगाएका सन्दीपले हातमा लगाइएको हतकडी छोप्न रुमाल प्रयोग गरेको सार्वजनिक भिडियोहरुमा देखिन्छ।
उनले आत्म समर्पण गरेकाले हतकडी नलगाउन र आफ्ना वकिललाई विमानस्थलमै भेट गराउन माग गरेको तर प्रहरीले त्यो माग अस्वीकार गरेको बताइएको छ।
उनलाई प्रहरीले विमानस्थलमा पक्राउ गरि गौशाला प्रहरी वृतमा लगेको हो। लामिछानेको बिहिबार नै स्वस्थ परिक्षण भएको छ।
सन्दीपले आफ्नो फेसबुक पेजमा स्टाटस राख्दै बिहान १० बजे कतार एयरवेजबाट त्रिभुवन विमानस्थल अवतरण गर्ने बताएका थिए। उनले नेपालमा आएर आफूमाथि लागेको आरोपको सामना गर्ने पनि लेखेका थिए।
विमानस्थल कर्मचारीका अनुसार जहाजको बिजनेस क्लास टिकटमा यात्रा गरेका सन्दीप दोहा ट्रान्जिट हुदै नेपाल पुगेका हुन्। सन्दीपले आफु अमेरिकाबाट दोहा हुँदै नेपाल पुगेको विमानस्थलका अधिकारीलाई बताएका थिए।
राष्ट्रिय क्रिकेट टिमका निलम्वित कप्तानसमेत रहेका सन्दीप माथि अगस्ट २१ तारिक काठमाडौंको एक होटलमा नाबालिगलाई पटक-पटक बलात्कार गरेको आरोप लागेको थियो। आफु समर्थक भएकाले सन्दीपलाई भेट्न गएको तर उनले नगरकोटमा घुमाएर काठमाडौं फर्किए पछि राति एक होटलमा लगि पटक पटक बलात्कार गरेको आरोप ति बालिकाको छ।
अगस्ट २२ तारिकमा उनी राष्ट्रिय टिम सँगै खेल्न केन्या गएका थिए। केन्याबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएको समयमा उनी माथि नाबालिका बलात्कारको गम्भिर आरोपमा सेप्टेम्बर ६ तारिक प्रहरी वृत गौशालामा उजुरी दर्ता भएको थियो।
आफु माथि आरोप लागे लगतै सन्दीपले त्यसको खण्डन गर्दै छिट्टै नेपाल फर्किएर कानुनी लडाइ लड्ने बताएका थिए। तर बीचमा उनी सम्पर्क बिहिन भए पछि प्रहरीले इन्टरपोलमा पक्राउ पक्राउ नोटिस जारी गर्नुका साथै विमानस्थलमा पनि कलो सुचिमा राखेको थियो।
अन्तर्राष्ट्रिय क्रिकेटमा गतिलो पहिचान बनाएका सन्दीप सँग अमेरिका,क्यानडा सहतिका देशको भिषा रहेको थियो।
वेष्ट इण्डिजबाट सम्पर्क विहिन भएमा सन्दीप बीचमा सिङ्गापुरमा रहेको अनुमान गरिएको थियो। तर बिहिवार सन्दीपले विमानस्थल अध्यागमनमा आफु अमेरिकाबाट दोहा हुदै नेपाल आएको बताएका हुन्।