अब कवि बन्ने ‘रियालिटी सो’
काठमाण्डौं । सेलिब्रिटीमा कबिताभाव र कबिताका माध्यमबाट सेलिब्रिटी बनेकाहरु थुप्रै छन् । यस्तैमा शुरु हुने भएको छ कविता लेखनको रियालिटी सो ‘द पोयट आइडल’ ।
घोषणा कार्यक्रममा पोयट आइडलमा अन्य रियालिटी सोजस्तै दर्शकको भोटिङसमेत मुख्य निर्णायक राखिने बताउँदै निर्णायकहरू सार्वजनिक गरियो । पोयट आइडल कुनै विदेशी फ्रेन्चाइज (विदेशी कार्यक्रमको स्वीकृति लिएर त्यही ढाँचामा गरिने रियालिटी सो) भने होइन ।
निर्देशक अमनप्रताप अधिकारीका अनुसार ‘पोयट आइडल’ नेपालको इतिहासमा कविताको पहिलो रियालिटी सो हो । हामीले भोलि अन्तर्राष्ट्रिय बजारमा पुग्ने लक्ष्यसहित नेपालको इतिहासमा पहिलोपटक विशुद्ध कविता विधाको मात्रै रियालिटी सो सुरु गरेका हौं’, अमनले भने ।
व्यक्तिभित्रको प्रतिभा खोजी गर्ने धेरै कार्यक्रम भए । प्रतिभाको डबली, नेपाल आइडल, बुगीबुगी डान्स, को बन्छ करोडपति, कमेडी च्याम्पियन, भ्वाइस अफ नेपाल, रोडिजजस्ता रियालिटी सो नेपालमा सञ्चालन भइसकेका छन् । तीमध्ये अधिकांश रियालिटी सो गीत र नृत्यका रहेका छन् ।
डिजिटल युगमा कविता प्रतियोगिताका ढाँचाहरू बदलिँदै गएको देखिन्छ । कोभिड महामारीपछि कतिपय प्रतियोगिता भर्चुअल रुपमा गरिए । कविहरूले अडियो वा भिडियो बनाएर पठाउने र आयोजकले त्यसकै आधारमा उत्कृष्ट कवि छान्ने चलन भयो ।
पहिलो पोयट आइडलमा कवि विप्लव प्रतीक, उपेन्द्र सुब्बा, अभिनेत्री सुरक्षा पन्त र कलाकार अनुप बराललाई जजका रुपमा तय गरेका छन् ।