तातोपानी नाकामै अड्किए अर्बौंका सामान
काठमाडौं । नेपालीहरुको ठूलो चाड दशैंमा बेच्नु पर्ने सामान नाकामै रोकिदा अर्बौंका सामान सडेर बिग्रने अवस्थामा पुगेको छ ।
चिनियाँ नाकामा अड्किएका अर्बौंका सामान छुटाउन राज्यका तर्फबाट पहल नभएको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्कीले आपत्ति जनाएको छन् ।
उद्योगी व्यवसायीहरुका समस्या समाधान गर्न चासो नदेखाएको भन्दै महासंघले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारको ध्यानाकर्षण गराएको हो ।
सयौं मालवाहक कन्टेनरहरु नाकामा थन्किएर बस्दा चाडपर्व केन्द्रीत अर्बौंका सामानहरु सडिने, कुहिने र बिग्रने भइ नोक्सान भएको छ भने बजारमा सामानको हाहाकार देखिन्छ, विज्ञप्तिमा भनिएको छ ।