एनआरएनए एक एनसीसी एक परियोजना समितिले पायो पूर्णता
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
पेन्सिलभेनिया, अमेरिका। गैरआवासिय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) अन्तर्गत एक देश एक परियोजना समितिले पूर्णता पाएको छ । आईसीसीका सचिव शंकर खड्काको संयोजकत्वका गठित समितिलाई पूर्णता दिइएको हो ।
समितिमा विश्वभरका एनआरएनए क्षेत्रिय संयोजक तथा राष्ट्रिय समन्वय समिति (एनसीसी) अध्यक्षहरु समावेश रहेका छन ।
समितिको सहसंयोजकहरुमा एसिया प्यासिफिकबाट पारसमणी पोख्रेल, मिडिल ईष्टबाट मनोज गोर्खाली, अफ्रिकाबाट राजकुमार थापा, अमेरिका क्षेत्रबाट प्रकास सापकोटा, यूरोपबाट सन्तोष भट्टराई, ओसियानाबाट दिनेश जोशी र सदस्य सचिवमा अमेरिकाबाट होमप्रसाद लम्साल रहेका छन ।
विस्तारित समितिमा पाँच सदस्यीय सल्लाहकारहरु रहेका छन । जसमा आस्थाविन्दु मल्ल दक्षिण कोरिया, श्रद्धा ज्ञवाली नेपाल, विजय मोक्तान जर्मनी, डा विनोद शाह अमेरिका र कृष्ण गिरी अष्ट्रेलिया रहेका छन ।
सदस्यहरुमा भवानी तिवारी अष्ट्रिया, विकास पोख्रेल न्यूजिल्याण्ड, विकास शाही यूएई, विनोद कार्की आयरल्याण्ड, विनोद थापा युगान्डा, सिपी पौडेल अमेरिका, दिपक गौतम क्यानडा, गीता खनाल थापा फ्रान्स, गोर्कण ढकाल हडकङ्ग, कृष्णजीवि पन्त अमेरिका, कुन्दन कार्की साईप्रस, लक्ष्मी गिरी बहराईन, नन्द गुरुड अष्ट्रेलिया, रोहित अग्रवाल चीन, सन्तोष गौतम अष्ट्रेलिया, शिव प्रसाद पौडेल जापान, यदुराम पन्थी चेक रिपव्लिक रहेका छन ।
समितिले पूर्णता पाएसँगै तिव्र गतिमा आफ्नो गतिविधि अगाडि बढाउने आईसीसी सचिव तथा संयोजक शंकर खड्काले प्रतिक्रिया दिएका छन्। अध्यक्ष खड्काका अनुसार यस परियोजनाले हरेक एनसीसीले आफ्नो समुदायमा रचनात्मक कार्यक्रमहरु गरी नेपाली समुदायलाई एक जुट बनाउने, मातृभुमिप्रतिको लगाव र कर्तव्यलाई निरन्तता दिने, लक्षित समुदायलाई सहयोग पुर्याउने, मातृभुमिको विकास निर्माण, स्वास्थ्य शिक्षा एवं सामाजिक कार्यहरुमा सहयोगीको भुमिका निर्वाह गर्नुका साथै नेपाल सरकारसँग सहकार्य गर्दै लक्षित समुदायसंग सहकार्य गर्ने उदेश्यहरु रहेको छ ।
जसमा हरेक एसीसीले आफ्नो कार्यकालमा कम्तिमा एक परियोजना शुरु गर्नु पर्नेछ, परियोजना शुरु गर्नु अघि यस समितिको परामर्श गर्नु पर्नेछ ।
हरेक एनसीसीले आफ्नो क्षमता अनुसारको परियोजनामा लगानी गर्न सक्नेछ साथै सामुहिक रुपमा परोपकारी भावनाबाट आर्थिक तथा भौतिक श्रोत साधन जुटाएर एनसीसीले विभिन्न गतिविधि गर्न सक्ने छ ।
परियोजनाहरुको चयन गर्दा गैरआवासिय नेपाली संघको प्राथमिकतामा परेको क्षेत्र, दाताहरुले ईच्छा गरेको क्षेत्र, नेपाल सरकारले प्राथमिकतामा राखेको क्षेत्रहरुमा सरकारसँग सहकार्यमा सुचना संकलन गर्ने तथा सरोकारवालाहरुको परामर्शमा परियोजना सन्चालन गर्न सकिने कार्य क्षेत्र रहेको छ । यस परियोजनाको उदेश्य तथा कार्य क्षेत्रको विष्तृत जानकारी यसै साथ संलग्न रहेको छ ।
















