नेपालीमुलकी सराहना श्रेष्ठ अमेरिकाको न्युयोर्क १०३ औँ विधानसभाका लागि प्राइमरीमा निर्वाचित
न्युयोर्क। न्युयोर्कको १०३ औँ विधानसभाका लागि डेमोक्रेटिक पार्टीको प्राइमरीमा नेपालीमुलकी सराहना श्रेष्ठ विजयी भएकी छिन् ।
अमेरिकी मुलधारको राजनीतिमा नयाँ खेलाडी सराहनाले डेमोक्र्याटका पाका उमेदवार केभिन काहिललाई पराजित गरेकी हुन्।
मंगलवार राति सार्वनीतिक नतिजा अनुसार सराहनाले सात हजार सात सय दुई मत ल्याएर विजयी भएकी हुन्। काहिलले सात हजार एक सय ७३ मत ल्याए।
अर्ली भोटिङ र एब्सेन्टी ब्यालेटको गणना हुन बाँकी छ। यस पछि अन्तिम घोषणा हुने छ।
काहिल सन् १९९९ देखि यस क्षेत्रमा डेमोक्रयाटका लागि विजयी हुँदै आएका व्यक्ति हुन।
यही नतिजा कायम रहेमा सरहानाले अब नोभेम्बरमा हुने आम निर्वाचनमा रिपब्लिकनका प्याट्रिक शिहानसँग प्रतिस्पर्धा गर्नेछिन् ।
न्यूयोर्कको १०३ औं एसेम्बली डिस्ट्रिक्टमा किङ्स्टन शहर र न्यू पल्ट्ज, वुडस्टक, शान्डाकेन, ओलिभ, हर्ले, मार्बलटाउन, रोचेस्टर, गार्डिनर, प्लेटेकिल, रोजेन्डेल, एसोपस, अल्स्टर, रेड हुक र राइनबेक पर्दछन्।
काठमाडौंमा जन्मिकएकी सराहना सन् २०१९ मा अमेरिकी नागरिक भएकी हुन्। उनी अमेरिकाको प्रजातान्त्रिक समाजवादीहरूको मिड-हडसन भ्याली च्याप्टरका लागि अल्स्टर काउन्टी सह-अध्यक्ष हुन। जसले स्वास्थ्य सेवा, आवास र वातावरणका लागि व्यवस्थित गर्न मद्दत गर्छ ।
हाल एसोपसमा बस्ने सराहना स्वच्छ, नवीकरणीय, किफायती र पहुँचयोग्य बिजुली आपूर्ति प्रवर्द्धनमा केन्द्रित संस्थाहरूको गठबन्धन पब्लिक पावर एनवाईका नेता पनि हुन।
उनले जलवायुका बारेमा आवाज उठाउदै आएकी छिन्। सरहानाले स्वास्थ्य सेवाको अधिकार र हडसन उपत्यकामा जलवायु परिवर्तन विरुद्ध संगठित गर्न आफूलाई खरो रुपमा उतार्दै आएकी छन्।
अधिवक्ता समेत रहेकी सरहाना न्युयोर्कको राजधानी अल्बानीको संस्कृति परिवर्तन गर्न र हडसन उपत्यकाको हकदार भविष्यका लागि लड्न न्यूयोर्क राज्य सभामा उम्मेदवार छिन्।
सराहनालाई अमेरिकी प्रतिनिधि अलेक्जान्ड्रिया ओकासियो-कोर्टेज सहित प्रगतिशील डेमोक्र्याटहरूको समर्थन छ।
काहिललाई लेफ्टिनेन्ट गभर्नर एन्टोनियो डेलगाडो, राज्य कम्पट्रोलर थोमस ए डिनापोली र अल्स्टर काउन्टी कार्यकारी प्याट रायनले समर्थन गरेका थिए।
नौ वर्षको उमेदर हुदा काठमाडौंमा जनआन्दोलनको साझी बनेकी सराहनाले अध्ययनका लागि सन् २००१ मा अमेरिका आएकी हुन्।
ग्राफिक डिजाइनरको रूपमा आफ्नो कामको शुरुवात गरेकी सरहाना अधिवक्ता हुदै राजनीतिमा होमिइन।
अमेरिकामा राज्य विधान सभाका लागि आम निर्वाचनमा उमेदवार हुने सराहना नेपाली मुलकी दोस्रो अमेरिकन हुन्।
मेरिल्याण्ड राज्यको ड्रिस्ट्रिक ८ बाट ह्यारी भण्डारी दोसो कार्यकालका लागि उमेदवार छन्।