अमेरिकाको ह्यारिसबर्गमा सम्पन्न युनिक ब्वाइज च्यालेञ्ज कप फुटबलको उपाधि टेक्सास एफसीलाई
ह्यारिसबर्ग । अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसबर्गमा सम्पन्न फष्ट एनुयल युनिक ब्वाइज च्यालेञ्ज कप फुटबलको उपाधि टेक्सास एफसीले जितेको छ।
बुद्दबीर मगरको स्मृतिमा भएको प्रतियोगिताको आइतवार साँझ ढिलोगरि सम्पन्न फाइनलमा पथरी एफसीलाई ट्राइब्रेकरमा ३-२ गोलले हराउदै टेक्सासले ह्यारिसबर्गमा उपाधि चुमेको हो।
ह्यारिसबर्ग स्थित सिटी आइल्याण्ड रंगशालामा भएको खेलको निर्धारित समयमा दुबै टिमबाट गोल हुन सकेन।
यस अगाडि भएको सेमीफाइनलमा पथरीले खुदुनावारी एफसीलाई १-० तथा टेक्सासले एरो एफसीलाई ३-० गोल अन्तरले हराउदै उपाधिका लागि आमन्ने सामन्ने भएका थिए।
फाइनल खेलमा पथरीका अरुण कार्की म्यान अफदि म्याच घोषित भए। विजेता टिम टेक्सास एफसीले ट्रफि सहित दश हजार अमेरिकी डलर नगद पुरस्कार पायो।
उपविजेता पथरीले ६ हजार अमेरिकी डलरमा चित्त बुझायो। प्रतियोगितामा मष्टभ्यालुएवल प्लेयर टेक्सास एफसीका सुजन भण्डारी घोषित भए। सुजन प्रतियोगिताको सर्वाधिक गोलकर्ताको उपाधि पनि जित्न सफल भए।
यस्तै बेष्ट गोलकिप्पर पथरीका राजेश राइ, बेष्ट डिफेण्डर टेक्सासका सुदिप तामाङ, बेष्ट मिडफिल्ड पथरीका साङ्गे मोक्तान घोषित भए।
आयोजकले हरेक विधामा उत्कृष्ठ खेलाडीको छनौट गर्ने जिम्मा दिपक गुरुङ्ग, अम्मल थुलुङ्ग, विनय लुइटेल, कुल गुरुङ,रत्न गुरुङ, अमर आले,कपिल खतिवडा, विकास थुलुङ्ग, विर्ख गुरुङ्ग र इन्द्र मगरलाई दिएको थियो।
युनिक ब्वाइज क्लब ह्यारिसबर्गमा बस्ने नेपाली समुदायले २०२१ स्थापना गरेका हुन। क्लबको अध्यक्षमा रविन गुरुङ रहेका छन्।
क्लबका म्यानेजर हरि खनालका अनुसार क्लब स्थापनामा सक्रिय अग्रज तथा खेलाडी बुद्दबीर मगरको अशामाहिक निधन पछि उनैको स्मृतिमा प्रतयोगिता आयोजना गरिएको हो।
फाइनल खेल अगाडि ह्यारिसबर्ग एफसी र एनमिल एफसी बीचमा भेट्रान्स म्याचको आयोजना भएको थियो । जुन खेल ह्यारिसबर्गले ४-१ ले जित्यो।
तीन दिन लगाएर भएको प्रतियोगितामा अमेरिकाका विभिन्न राज्यमा रहेका नेपाली समुदायका १८ टिमले भाग लिएका थिए ।
प्रतियोगिता सम्पन्न गर्नमा भुट्नीज कम्युनिटि ह्यारिसबर्ग र एशियन रिफ्युजी युनाइटेडले पनि समन्वय गरेका थिए।
प्रतियोगिताको समापनमा स्वार्गिय बुद्दबीरका दाजु इन्द्र मगर र भुटनिज कम्युनिटि ह्यारिषबर्गका पूर्व अध्यक्ष विनय लुइटेलले सम्बोधन गरेका थिए।
फोटोहरु : युनियक ब्वाइज क्लब