न्यूयोर्कमा बन्दुकसम्बन्धी कानून संसोधन, अब २१ वर्ष माथिकाले मात्र किन्न पाइने
न्यूयोर्क । न्यूयोर्क राज्यकी गभर्नर क्याथी होचुलले बन्दुकसम्बन्धी नयाँ कानूनमा सोमवार हस्ताक्षर गरेकी छिन्।
एक पछि अर्को सामूहिक गोलीबारी पछि न्यूयोर्क राज्यले बन्दुक कानुनमा केही सुधार गरेको हो। नयाँ कानून अनुसार अब बन्दुक किन्न २१ वर्ष पुगेको हुनु पर्ने छ।
यस अगाडि १८ वर्ष उमेर पुगेको अमेरिकी नागरिकले बन्दुक किन्न पाउने कानुनी व्यवस्था थियो।
बन्दुकसम्बन्धी खुकुलो नीतिले वित्थ्यामा कयौले अकालमा ज्यान गुमाएका छन्। मे महिनामा मात्र न्यूयोर्कको बफेलो र टेक्सासको एक प्राथमिक स्कूलमा सामुहिक गोलिबारी भएको थियो । दुबै घटनामा २२ जनाले ज्यान गुमाएका थिए ।
घटना पछि अमेरिकाको बन्दुकसम्बन्धी कानुनको आलोचना हुँदै आएको थियो ।
न्यूयोर्क गभर्नरले सामूहिक गोलीबारीलाई ध्यानमा राख्दै बन्दुकहरूमा नयाँ प्रतिबन्धमा हस्ताक्षर गरेको जनाइएको छ।
“यो हाम्रो लागि न्यूयोर्कवासी र अमेरिकीहरूको रूपमा गणना गर्ने क्षण हो,” हस्ताक्षर पछि गभर्नर होचुलले प्रतिक्रिया दिएकी छिन्।
“अब कुनै १८ वर्ष उमेरको युवाले आफ्नो जन्मदिनमा एआर-१५ बोकेर बाहिर निस्कन सक्दैन। ती दिनहरू सकिएका छन्,” होचुलले भनेकी छिन्।