क्यालिफोर्नियामा बिहानै गोलि चल्यो, ६ जनाको मृत्यु, कम्तीमा १० जना घाइते
अमेरिका । क्यालिफोर्नियाको डाउनटाउन साक्रामेन्टोमा आइतवार बिहान भएको गोलीकाण्डमा ६ जनाको मृत्यु भएको छ । घटनामा परि कम्तीमा १० जना घाइते भएको प्रहरीले जनाएको छ ।
साक्रामेन्टो प्रहरी विभागले घटनाको पुष्टि गरेको छ । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा मानिसहरू सडकमा दौडिरहेको देखाइएको छ । पृष्ठभूमिमा बन्दुकको आवाज सुनिन्छ ।
क्यालिफोर्निया राज्यको राजधानीको केन्द्रमा गोली चल्दा रेस्टुरेन्ट र बारहरूले भरिएको क्षेत्रमा स्वचालित बन्दुकको आवाज आएपछि मानिसहरू सडकमा भागेका थिए।
गोलीकाण्डपछि प्रहरी अधिकारीहरूले ९औं स्ट्रीट र १३ औं बीचको क्षेत्र बन्द गरेका थिए ।
उनीहरुले संदिग्धहरुको पहिचान गर्न सहयोग पुग्ने कुनै पनि जानकारी लिएर अगाडि आउन सर्वसाधारणलाई आग्रह गरेका छन् ।
घटनाको पूर्ण विवरण आउन बाँकी नै रहेको प्रहरीले भनेको छ ।