पल शाह प्रकरण : यस्तो छ अदालतको आदेश (पूर्णपाठ)
काठमाडौं । नाबालिग किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा हिरासतमा रहेको पल शाहलाई जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि बिहहीबार शाहलाई पुर्पक्षका लागि थुना राख्न आदेश दिएको हो ।
एक लाख धरौटीमा छुटे पलका म्यानेजर जोशी
नाबालिगमाथि जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका पल शाहका म्यानेजर कृष्ण जोशी एक लाख धरौटीमा रिहा भएका छन् ।
बिहिबार तनहुँ जिल्ला अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले जोशीलाई धरौटीमा रिहा गर्न आदेश जारी गरेको हो ।
जोशीले मतियारको भूमिका खेलेको आरोपमा मुख्य कसुरदारको आधा सजायको मागदाबी गर्दै मुद्दा दायर भएको थियो ।