नेपाली जनसम्पर्क समिति अमेरिका,क्यालिफोर्निया च्याप्टर गठन
अमेरिका ।दिलिप आचार्यको सभापतित्वमा नेपाली जनसम्पर्क समिति अमेरिका क्यालिफोर्निया च्याप्टर गठन भएको छ ।
नेपाली जनसम्पर्क समिति अमेरिका केन्द्रिय कार्यसमितिकी महामन्री क्रान्ति अर्याल भण्डारीले आईतवार विज्ञप्ति मार्फत च्याप्टरगठनको जानकारी दिएकी हुन् ।
“हामी दिनप्रतिदिन फैलिदै र विस्तारित हुँदै गइरहेका छौं । हामीले उदघोष गरेको संगठन शुद्धिकरण, पुनर्निमाण र पुनर्जागरणकोअभियान अनकण्टक जारी रहेको छ ।”
विज्ञप्तिमा भण्डारीले भनेकी छिन्,”हामीले संकल्प गरेका छौं- आफूले तय गरेको यो यात्रामा हामी थाक्ने छैनौं, सुस्ताउने छैनौं । आफ्नोकर्तव्यपथमा अविचलित निष्ठाका साथ हामी जुटिरहने छौं ।”
११ सदस्यीय कार्यसमितिको महासचिवमा अर्जुन गिरि छन् । सुभाष घिमिरेज्यूको नेतृत्वमा नयाँ नेपाली जनसम्पर्क समिति अमेरिकागठन भएपछि संगठन बिस्तार गर्दै आएको छ ।
यसअगाडि डिसी मेट्रो र टेक्सास च्याप्टर गठन भइसकेका छन् ।
क्यालिफोर्निया च्याप्टरको कार्यसमिति यस्तो छ