कृष्ण गुरुङ प्रवासी नेपाली मञ्च अमेरिका क्यालिफोर्नियाको अध्यक्षमा निर्वाचित
अमेरिका । प्रवासी नेपाली मञ्च अमेरिका क्यालिफोर्नियाको अध्यक्षमा कृष्ण गुरुङ निर्वाचित भएका छन ।
क्यालिफोर्निया राज्य कमिटिको अधिवेशनले गुरुङको अध्यक्षतामा १५ सदस्य कार्यसमितिको समेत निर्विरोध चयन गरेको छ ।
उपाध्यक्षमा रामहरि भट्टराई, सचिवमा कपिल फुयांल र कोषाध्यक्षमा चिरन्जिवि गौतम निर्वाचित भए ।
यस्तै सदस्यहरुमा गोविन्द अधिकारी,गोकर्ण कटुवाल,मनोज श्रेष्ठ,नवराज कार्की,प्रभाकर प्याकुरेल,राजु श्रेष्ठ,विनोद कार्की,ध्रुव सुनुवार, हेमराज राई,कुल चलाने र ईन्द्र गुरुङ निर्वाचित भए ।
निर्वाचित कमिटीलाई प्रवासी मञ्च अमेरिकाका आर्थिक विभाग प्रमुख राजेन्द्र शिवाकोटीले पद तथा गोपनियताको सपथ गराए ।
क्यालिफोर्निया राज्य कमिटिमा यस अगाडि विजय कुमार कटुवाल अध्यक्ष थिए ।