टेक्सास हाउस डिस्टिक ९२ : प्राइमेरी निर्वाचनमै रोकिए दिनेश शर्मा, तीन जनामा तेस्रो
अमेरिका । नेपाली मुलका दिनेश शर्मा टेक्सास हाउस डिस्टिक ९२ को प्राइमेरी निर्वाचनमा नै रोकिएका छन् ।
मंगलवार सम्पन्न निर्वाचनको अन्तिम परिणाम घोषणा हुन बाँकी छ । तर पछिल्लो अपडेटमा उनी तीन जनामा तेस्रो स्थानमा छन् ।
प्राइमेरी निर्वाचनमा डेमोक्रेटिक पार्टीबाट दिनेश सँगै पाकिस्तानी मुलका सलमान भोजानी र ट्रेसी स्कट प्रतिस्पर्धामा थिए ।
सलमान पहिलो चरणकै निर्वाचनबाट डेमोक्रेटिकको साझा उमेदवार बन्ने भएका छन् । ५० प्रतिशत भन्दा बढी मत ल्याएमा पुन निर्वाचन गर्नु पर्दैन ।
पहिलो स्थानमा रहेका सलमानको ५७ प्रतिशत मत रहेको छ । ट्रेसीको २५ प्रतिशत मत छ । पछिल्लो समयमा नेपाली समाजमा नै विवादमा परेका दिनेशको जम्मा १७ प्रतिशत मात्र छ ।
प्रविधिमा समस्या आएका कारण नतिजा प्रकाशनमा ढिलाइ भइरहेको जनाइएको छ ।