राष्ट्रपति पुटिनको नयाँ कदम पछि संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को आकास्मिक बैठक : अमेरिका सहित अन्य मुलुक रुसमाथि खनिए
अमेरिका । युक्रेनको विखन्डनकारीद्वारा नियन्त्रित क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएकोमा विश्वका प्रायजसो राष्ट्र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन माथि खनिएका छन् ।
पुटिनले सोमवार मात्र युक्रेनको दुई क्षेत्रलाई स्वतन्त्र राष्ट्रको मान्यता दिएका थिए । सोही विषयमा छलफल गर्का लागि संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठक सोमवार साँझ बोलाइएको थियो ।
सो बैठकमा अमेरिका र सहयोगी राष्ट्रहरूले युक्रेन संकटमा रूसको निन्दा गरेका हुन । उनीहरुले मस्कोले दुई क्षेत्रलाई मान्यता दिदै त्यहाँ रूसी सेना तैनाथ गर्नुलाई युद्धको जोखिम हुने अन्तर्राष्ट्रिय कानूनको स्पष्ट अवज्ञा गरेको भनेका छन् ।
युक्रेनको अनुरोध पछि बसेको बैठक रुसको कूटनीतिक आलोचनामा परिणत भएको थियो । राष्ट्रपति पुटिनले आफ्नो कदमको बचाउ गर्दै रुसी सेनालाई शान्ति सेनाको रुपमा तैनाथ गरिएको बताएका छन् । तर अमेरिकी राजदूत लिन्डा थोमसले पुटिनको कुरालाई बकवासको संज्ञा दिइन् । “यो बकवास हो । हामीलाई थाहा छ तिनीहरू वास्तवमा के हुन्। ”
राजदुत लिन्डाले राष्ट्रपति पुटिनले अन्तर्राष्ट्रिय प्रणालीको परीक्षण गरेको आरोप लगाइन । ‘उहाँले हाम्रो संकल्पको परीक्षण गरिरहनु भएको छ र उहाँले हामी सबैलाई कति टाढासम्म पुर्याउन सक्नुहुन्छ भनेर हेर्दै हुनुहुन्छ।”
बैठकमा फ्रान्स र बेलायतका प्रतिनिधिहरूले पनि रुसको आलोचना गरे । फ्रान्सका राजदूत निकोलस डे रिभिएरले रसियाले टकरावको बाटो रोजिरहेको प्रतिक्रिया दिए । यस्तै बेलायती राजदूत बारबरा वुडवर्डले रुसलाई पछि हट्न आग्रह गरिन ।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले पनि रुसको आलोचना गरे । एन्टोनिया सैन्य बल बिना संकट समाधान हुनेछमा विश्वास राख्दै आएका व्यक्ति हुन् ।