टी-२० विश्वकप छनौट : क्यानडालाई हराउदै नेपाल सेमीफाइनलमा, अब यूएईलाई हराए खेल्ने छ विश्व कप
अमेरिका । नेपाल आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटको सेमीफाइनलमा पुगेको छ । ओमानमा जारी प्रतियोगितामा समुहको अन्तिम खेलमा क्यानडालाई ८ विकेटले हराउदै सेमीफाइनलमा स्थान बनाएको हो ।
अब नेपालले विश्व कप खेल्न मंगलवार हुने सेमिफाइनलमा, यूएईलाई हराउनुपर्ने हुन्छ । क्यानडालाई हराउदै नेपाल समुह विजेता बन्यो । अर्को समूहबाट आयरल्यान्ड विजेता र यूएई उपविजेताका रुपमा सेमिफाइनलमा पुगेका हुन् । फाइनल पुग्ने टोलीले विश्वकप खेल्न पाउछन् ।
क्यानडाले दिएको ८१ रनको लक्ष्य नेपालले १४ ओभर दुई बलमा मात्र दुई विकेट खर्चर पुरा गर्यो । नेपालका कुशल भुर्तेललले ३४ र दीपेन्द्रसिंह ऐरीले २७ रन बनाए ।
नेपालले टस जितेर पहिला ब्याटिङ गरेको क्यानडालाई ८० रनमा समेटेको थियो । क्यानडालाई १५ ओभरमा अलआउट गर्ने क्रममा सन्दीप लामिछानेले ३ तथा कमलसिंह ऐरी र अविनाश बोहराले समान दुई दुई विकेट लिए । यस्तै कुशल मल्लले भागमा एक विकेट पर्यो ।
त्यसो त क्यानडाले शुरुवातलमा नेपाललाई दवावमा राख्न खोजेको थियो । ३५ रन जोड्दा पहिलो विकेट मात्र गुमाएको क्यानडाले त्यस पछि मात्र १३ रनमा ८ विकेट खेर फाल्यो ।
सन्दीपले चार ओभरमा १२ रन खर्चिए । उनले व्यक्तिगत पहिलो ओभरमा ८ रन दिएका थिए । कमलले ३ ओभरमा १६ रन दिए । अविनाशले ३ ओभरमा ७ रन मात्र दिए ।
नेपालले समुहको पहिलो खेलमा ओमानलाई ३९ रन र दोस्रो खेलमा फिलिपिन्सलाई एक सय ३६ रनले हराएको थियो । अब युएईलाई हराउन सके नेपालले दोस्रो पटक टी-२० विश्व कप खेल्ने अवसर पाउने छ । यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकप खेलेको छ ।