एनआरएनएको निर्वाचन तालिका पुन सार्जनिक : मार्च ११ र १२ मा चुनाव, मार्च ४ सम्म उमेदवारी दर्ता
अमेरिका । विवादलाई थाति राख्दै गैरआवासिय नेपाली संघ (एनआरएनए)ले अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)को नयाँ निर्वाचन तालिका सार्वजनीक गरेको छ ।
प्रतिनिधि छनौटको विवादलाई लिएर यस अगाडि पनि पटक पटक निर्वाचन कार्यलातिका संसोधित हुदै आएको छ । नियमित तालिका अनुसार गत अक्टुवरमा नै एनआरएनए आइसीसीको निर्वाचन हुनु पर्ने थियो ।
एनआरएनएद्वारा गठित निर्वाचन समितिले मार्च २१ र २२ कामा चुनाव हुने गरि नयाँ तालिका सार्वजनिक गरेको हो । समितिले मार्च ४ तारिक सम्मका लागि उमेदवारी दर्ता तोकेको छ ।
निर्वाचन कार्यक्रम अनुसार पेब्रुअरी २३ मा मतदाता नामावली प्रकाशन, फेब्रुअरी २४ र २७ मतदाता नामावली उपर दाबी विरोध गर्ने, मार्च २ मा दाबी विरोध माथि छानबिन गरि निर्णय गर्ने, मार्च ३ मा अन्तिम मतदाता नामावली प्रकाशित गर्ने, मार्च ४ र ५ मा उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने रहेको छ ।
मार्च ६ मा उम्मेदवारको पहिलो नामावली प्रकाशन गर्ने, माघ ६ र ७ गते उम्मेदवारको उम्मेदवारी विरुद्ध दाबी विरोध गर्ने, मार्च ८ मा उम्मेदवारको मनोनयनपत्रको जाँच र उजुरी उपर निर्ण गर्ने, मार्च ९ मा उम्मेदवारको दोस्रो नामावली प्रकाशित गर्ने, मार्च १२ मा उम्मेदवारको अन्तिम नामावली प्रशान गर्ने र मार्च २१ र २२ मा मतदान गर्ने कार्यक्रम रहेको छ ।
अनलाइनबाट हुने निर्वाचनमा अध्यक्ष–१, उपाध्यक्ष–४, महिला उपाध्यक्ष–१, युवा उपाध्यक्ष–१, महासचिव–१, सचिव–१, महिला सचिव–१, कोषाध्यक्ष–१, सहकोषाध्यक्ष–१, महिला सह कोषाध्यक्ष–१, महिला संयोजक–१, युवा संयोजक–१, क्षेत्रीयसंयोजक–६, क्षेत्रीय उपसंयोजक–६ पदको लागि निर्वाचन हुँदैछ ।
निर्वाचनमा अध्यक्षको उमदवारी दस्तुर दश लाख रुपैया तोकिएको छ । उपाध्यक्षमा उम्मेदवारी दिनेले ७ लाख रुपैयाँ, महासचिवमा उम्मेदवारी दिनेले ६ लाख रुपैयाँ, सचिव र कोषाध्यक्षमा उम्मेदवारी दिनेले ५÷५ लाख रुपैयाँ, सहकोषाध्यक्षमा उम्मेदवारी दिनेले ४ लाख रुपैयाँ, महिला संयोजक, युवा संयोजक र क्षेत्रीय संयोजकमा उम्मेदवारी दिनेले साढे ३ लाख रुपैयाँ दस्तुर बुझाउनु पर्नेछ ।
यस्तै, क्षेत्रीय उपसंयोजक, क्षेत्रीय महिला संयोजक र क्षेत्रीय युवा संयोजकमा उम्मेदवारी दिन चाहनेले साढे २ लाख रुपैयाँ, क्षेत्रीयमहिला उपसंयोजक र क्षेत्रीययुवा उपसंयोजकमा उम्मेदवारी दिनेले २ लाख रुपैयाँ दस्तुर बुझाउनु पर्ने एनआरएनले जनाएको छ ।
एनआरएनए निर्वाचन समितिको सूचना पूर्णपाठ