एनआरएनएमा फेरि अर्को रमिता : एनसीसी जापान खारेजी र बचाउमा छुट्टा छुट्टै विज्ञप्ति जारी
अमेरिका । विवादको दलदलमा फस्दै आएको गैरआवासीय नेपाली संघ (एनआरएनए) मा मंगलवार नयाँ घटना क्रम विकास भएको छ ।
राष्ट्रिय समन्वय परिषद् (एनसीसी) जापानलाई लिएर एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)को लेटरप्याडमा दुई थरी विज्ञप्ति जारी भएको छ ।
आइसीसीद्वारा गठित शेष घले नेतृत्वको उच्चस्तरिय समितिले एनसीसी जापानलाई विघटन गरि नयाँ तदर्थ समिति गठन गरेको जनाएको छ ।
तर आइसीसीका अध्यक्ष कुमार पन्तले समितिले अधिकार नागेर काम गरेको भन्दै त्यसको खण्डन गरेका छन् ।
“जुलाई ३०, २०२१ मा भएको निर्वाचन बदर गरेर निष्पक्ष निर्वाचन गराउनको लागि एनआरएनए एनसीसी जापानका सँस्थापक अध्यक्ष राजन प्रधानाङ्गको संयोजकत्वमा तदर्थ समिति गठन गरिएको छ।’ एनआरएनएका पूर्व अध्यक्ष तथा उच्चस्तरिय समितिका सदस्य देवमान हिराचनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
तर लगतै कुमार पन्तले विज्ञप्ति निकाल्दै हिराचनलाई त्यो अधिकार नै नभएको भनेका छन् । ‘बक्तव्यमा हबला दिए जस्तो उच्चस्तरीय समितिमा एनसिसि जापान भङ्ग गर्ने बारे कुनै पनि छलफल र निर्णय नभएको तपाई स्वयं जानकार हुँदा हुदै यस्तो भ्रमपूर्ण बक्तव्य जारी गर्नु भएकोमा म आश्चर्य चकित भएको छु ।’
पन्तले उच्चस्तरीय समितिलाई एसीसी भङ्ग गर्ने अधिकार नभएकोले शिव प्रसाद पौडेलको नेतृत्वमा रहेको कमिटीलाई नै काम गर्न भनेका छन् ।
हेर्नु होस दुबै तर्फको विज्ञप्ति
देवमान हिराचनले जारी गरिको विज्ञप्ति
एनआरएनए आइसीसीका अध्यक्ष कुमार पन्तको विज्ञप्ति