नेजाको बैठक : फेरि विधान मिचेर निर्णय
अमेरिका । नेपाल अमेरिका पत्रकार संघ नेजाको कार्यसमितिले फेरि पनि विधान मिचेर निर्णय गरेको छ ।
आर्थिक पारदर्शितामा विधान अनुसार काम नगरेको नेजाको वर्तमान कार्यसमितिले साधरण सभाको मिति तय गर्ने विषयमा पनि विधान कुल्चिएको छ ।
पछिल्लो पटक नेजाको १५ औं साधरण सभा आयोजनका सम्वन्धमा निर्यण गर्दा विधानको ठाडो उल्ङ्गन गरिएको छ । नेजाको विधानको धारा १० मा बैठक सम्वन्धमा प्रष्ट लेखिएको छ ।
१०.२ वार्षिक बैठकः हरेक वर्ष जुलाई महिनामा वार्षिक बैठक राखिनेछ ।
१०.२.१ हरेक वर्ष गरिने वार्षिक साधारण सभा र दुई वर्षमा गरिने अधिवेशन जुलाई महिनाको कुनै उपयुक्त समयमा कार्यसमितिले तोकेको स्थानमा हुनेछ ।
१०.२.२ साधारण सभाको स्थान कार्यसमितिले चयन गर्नेछ र सबै सदस्यहरूलाई कम्तीमा पनि तीन महिना पहिले नै साधारण सभा (वार्षिक बैठक) को बारे जानकारी गराइनेछ ।
तर बिहिवार नेजाका महासचिव सुरज भण्डारीको हस्ताक्षरमा प्रेसित विज्ञप्तिमा नेजाको १५ औ साधरण सभा मे महिनाको ७ र ८ तारिकमा क्यालिफोर्नियामा गर्ने भनिएको छ ।
समाज टाइम्स सँगको कुराकानीमा महासचिव भण्डारीले त्यसबारेमा बुझेर प्रतिक्रया दिने बताए ।’नेजा पदाधिकारी र विधान समितिका साथिहरु सँग बुझेर म खवर गर्छु, गल्ति भएको रहेछ भने सच्याउनु पर्छ ।’
नेजा अध्यक्ष विकासराज न्यौपानले सन् २०१८ मा सियाटलमा भएको अधिवेशनमा विधान संसोधन भएको दावी गरे । तर यो समाचार तयार पार्दा सम्म नेजाको आधिकारिक वेवसाइडमा उपलब्ध विधानमा नेजाको साधरण सभा र अधिवेशन जुलाई महिनामा नै गर्ने भन्ने बाध्यकारी व्यवस्था हटाइएको छैन ।
यस्तै अघिल्लो बर्ष भर्जिनियामा सम्पन्न नेजाको १४ साधरण सभा तथा सातौ अधिवेशनमा प्रकाशित स्मारिकामा पनि अधिवेशन र साधरण सभा जुलाईमा नै गर्नु पर्ने लेखिएको छ । सन् २०१७ यता नेजाको विधान संसोधन भएको छैन ।
नेजाका पूर्व महासचिव किरण मरहठ्ठाले सियाटल अधिवेशनमा साधरण सभा तथा अधिवेशन जुलाईमा नै गर्ने भन्ने बाध्यकारी व्यवस्थता हटाउने बारेमा छलफल भएको सुनेको तर लिखित निर्णय आफुले नपाएको बताए ।
‘यो बारेमा हाम्रो कार्यसमितिमा पनि कुरा उठेको थियो, अग्नी चौलागाइले तपाइ महासचिवले विधान किन अपडेट नगरेको भन्नु भएको थियो तर मैले आधिकारिक निर्णय नै पाइन । लिखित निर्णय बिना कसैले भन्दैमा विधान जस्तो कुरा अपडेट हुने कुरा पनि भएन ।’
समाज टाइम्स सँगको कुराकारीमा मरहठ्ठाले भने । ‘सियाटल अधिवेशनमा विधान संसोधन भएको अहिले सम्म लिखित रुपमा प्रमाण नेजा सदस्यलाई प्राप्त छैन ।’
‘सन् २०१९ मा टेक्सासमा सम्पन्न साधरण सभामा पनि नेजाको अध्यक्ष हुनका लागि कार्यसमितिमा एक कार्यकाल पुरा गरेको भन्ने बाध्यकारी व्यवस्था हटाउने बारेमा छलफल भएको थियो तर निर्णय भएको होइन ।’
बिकास न्यौपाने नेतृत्वको नेजाको टिमले विधानको अन्य दुई धारा पनि कुल्चिएको छ । विधानको धारा ५ को चारमा सचिवालय शिर्षकमा यस्तो व्यवस्था छ ।
‘५.४ सचिवालयः कार्यसमितिका अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष रहेको एक सचिवालयको गठन गरिनेछ ।’
तर कोषाध्यक्ष प्रभात भट्टराईका अनुसार अहिले सम्म कोषाध्यक्ष र सचिवलाई सचिवालयमा राखिएको छैन् ।
विधानलाई लत्याउने काम आर्थिक मामलामा पनि उस्तै छ । विधानमा आर्थिक हरहिसाव सार्वजनिक गर्ने भनिएको छ । तर यथार्थमा त्यो कार्यन्वयन हुन सकेको छैन । आर्थिक नियमावलीले नगद कारोवार पाँच सय डलरमा सिमित गरेको छ । तर हजारौ डलर नगद भुक्तानी गर्ने गरेको पाइएको छ ।
धारा ८
वार्षिक लेखापरीक्षण
८.१ वार्षिक लेखापरीक्षण संस्थाको सबै वार्षिक हरहिसाब विवरणलाई वार्षिक रूपमा लेखापरीक्षण गरेर सार्वजनिक गरिनेछ । यसको सम्पूर्ण जिम्मा कोषाध्यक्षको हुनेछ । यसका साथै, कोषाध्यक्षले वित्तीय प्रतिवेदन साधारण सभामा पेस गरेर अनुमोदन गराउनु पर्नेछ ।
८.२ कुनै पनि सदस्यले लिखित अनुरोध गरेमा संस्थाको वित्तीय प्रतिवेदन प्रदान गर्नुपर्नेछ वा वेबसाइटमा अपलोड गर्नुपर्नेछ ।
नेजा सदस्यले पटक पटक लिखित माग गर्दा पनि साधरण सभाको हिसाव सार्वनिक गरिएको छैन् ।
त्यसो त नेजाको बिधानमा आमन्त्रित सदस्य भन्ने व्यवस्था नै छैन । तर महासचिवले जारी गरेको माइन्युटमा संस्थापक अध्यक्ष तथा सल्लाहाकार गिरिश पोखरेललाई आमन्त्रित सदस्य भनि उल्लेख गरिएको छ । गिरिश आफै विधान समितिका संयोजक पनि हुन् ।
‘सियाटलमा विधान संसोधनका लागि कुरा उठेको हो निर्णय अपडेट किन भएन म बुझौला, म बुझेर खवर गर्छु है ।’ गिरिशले भने । ‘तर मे मा अधिवेशन गर्दा के फरक पर्छ र ?’
विधानलाई कुल्चने वा आफु खुसी व्याख्या गर्दै पद हत्याउने क्रम बढे पछि नेजामा पटक पटक बिद्रोह हुदै आएको छ । जसका कारण यस अगाडि थुप्रै पत्रकारले नेजा छोडेका थिए ।
सदस्यता नविकरण नै नगरेको, उमेदवारी शुल्क नै नतिरेका व्यक्ति पनि नेजा पदाधिकारी भएको आरोप लाग्दै आएको छ । समाजका हरेक गतिविधिमा खवरदारी गर्ने पत्रकारहरुको संस्था आफैमा भने पटक पटक विधान कुल्चनुलाई कतिपय पत्रकारले दुर्भाग्य भनेका छन् । नैतिकतामा खडेरी लागे पछि यस्तै हुन्छ कार्यसमितिका एक सदस्यले भने ।
(समाज टाइम्समा समाचार प्रकाशित पछि वेवसाईडमा विधान सच्याइएको छ । तर समाचार तयार पार्नु अगाडीको स्क्रिन सर्ट, पीडीएफ फाइल र स्मारिका समाज टाइम सँग सुरक्षित छ ।
२०१७ मा पारित नेजाको विधानको मुल कपि यस्तो छ ।