बाना प्रति नेपालीको आकर्षण बढ्दो, १५ सय बढी सदस्य थपिए
अमेरिका । मेरिल्याण्ड राज्यको बाल्टिमोरमा बस्दै आएका नेपालीहरुको संस्था बाल्टिमोर एशोशिएशन अफ नेपप्लीज इन अमेरिका (बाना) मा यस पटक आकर्षण बढेको छ ।
नयाँ सदस्यता दर्ताको अन्तिम दिन सम्ममा १५ सय भन्दा बढी बाना सँग जोडिन आएका छन् । बानाका अध्यक्ष सुवोध पन्तका अनुसार सोमवार सम्ममा नयाँ सदस्यता तथा नविकरणका लागि समय तोकिएको थियो ।
‘हिजो सम्म २५ सय भन्दा बढी बानाको सदस्य बनेको आकाडा छ, आज साँझ सम्म फाइनल आउछ ।’ मंगलवार बिहान समाज टाइम्स सँगको कुराकानीमा अध्यक्ष पन्तले भने ।
सन् २०१९ मा सम्पन्न बानाको निर्वाचनमा नौ सय ८३ सदस्य थिए । पन्तका अनुसार बानाको सदस्य आजीवन र साधरण गरि दुई प्रकारका छन् । दुबै तर्फ व्यक्तिगत र पारिवारिक रुपमा सदस्य बन्न पाउने व्यवस्था गरिएको छ ।
साधरण सदस्यमा व्यक्तिगतमा ३० र पारिवारिकमा ४५ अमेरिकी डलर शुल्क तिर्नु पर्छ । पारिवारिकमा दुई जना सम्म सदस्य बन्न पाउछन् । यस्तै आजीवनमा पनि ब्यक्तिगत तर्फ एक सय र पारिवारिकमा एक सय पचास अमेरिकी डलर तोकिएको छ ।
बानाको आगामी चुनाव मार्च अन्तिम वा मे को पहिलो साता हुनेछ । निर्वाचन कमिटीले मिति तोक्ने छ । सात सदस्यीय निर्वाचन आयोगको मुख्य आयुक्त डाक्टर कृष्ण ढकाल छन् ।
आफ्नो कार्यकालमा भएका सुधारात्मक कामले बानामा आकर्षण बढेको अध्यक्ष पन्तको दावी छ । ‘हामीले यो बीचमा धेरै काम गर्यौ,कोराना महामारीको समयमा आवश्यक सहयोग देखि इमिग्रेसनका काम सम्म हामीले गर्यौ, एउटा नेपालीलाई आवश्यक पर्ने सहयोग बानाले गर्यो त्यसले पनि संस्थामा विश्वास बढेको हो ।’
‘असन्तुष्ट पक्षलाई पनि समेट्न सक्नु अर्को राम्रो पाटो हो ।’ पन्तले भने ‘अब कोही पनि विरोधि छैनन्, रिसाएर बसेकालाई पनि हामीले यस पटक समेटेका छौं, अब बाल्टिमोरमा बस्ने नेपालीका लागि बाना चाहिन्छ भन्ने भएको छ ।’