चीनीयाँ नाका प्रति महिला मन्त्री चासो
सहज आयात निर्यातका लागि आग्रह
काठमाडौँ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले सीमा नाकाबाट सहज रूपमा सामान आयात निर्यात हुनेव्यवस्था गर्न चीनलाई आग्रह गरेकी छिन् ।
चीनतर्फका तातोपानी र रसुवाको केरुङ नाकाबाट अझै पनि सामान आयात निर्यातमा कठिनाइ भएको व्यवसायीको गुनासो सम्बोधनगर्दै मन्त्री रेग्मीले आयात निर्यातमा कठिनाइ भोग्ने अवस्था अन्त्य गर्न आग्रह गर्नु भरेकी हुन् ।
चाइना फाउन्डेसन फर पोभर्टी एलिभेशन नेपालको छैटौँ वार्षिक उत्सव कार्यक्रममा बुधवार बोल्दै मन्त्री रेग्मीले चीनबाट भूकम्प, कोभिड जस्ता महामारीमा सहयोग गरेकोमा प्रशंसा गरिन् । ‘दुख पर्यो भने हेर्ने छिमेकीले हो’,मन्त्री रेग्मीले भनिन्,‘नाकाबन्दीको बेला नेपालले चीनबाट सहयोग पाएको छ।’
उनले कोभिडको समयमा खोप प्रदान गरेर चीनले नेपाललाई गुण लगाएको बताउइन् । मन्त्री रेग्मीले अहिले पनि चीनबाट खोप आइरहेको उल्लेख गर्दै छिमेकी देशहरुबीच सहयोगको अपेक्षा हुने बताइन् । ‘सीमा नाकाबाट सहजरुपमा सामान भित्रन पाउनुपर्छ’
गरिबी निवारणसम्बन्धी नेपालमा रहेको चाइनिज फाउन्डेसनले गरेको कार्यक्रममा मन्त्री रेग्मीले फाउन्डेसनलाई परेको समस्या समाधानका लागि सहजीकरण गर्ने प्रतिबद्धता जनाइन् । ‘केही समस्या पर्छ भने मन्त्रालयमा आउनुहोस्’,मन्त्री रेग्मीले भनिन् ,‘सहजीकरण गर्न मन्त्रालय प्रतिबद्ध छ।’