माओवादीका महाधिवेशन प्रतिनिधिले छलफल सुनाउँदै
काठमाडौ ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महाधिवेशन प्रतिनिधिहरूले राजनीतिक प्रतिवेदन र विधान मस्यौदामाथि गरिएको सामूहिक छलफलको निष्कर्ष आज सुनाउँदै छन् ।
अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन र नेता देव गुरुङको विधान मस्यौदामाथि छलफल गर्न दिउँसो १२ बजेसम्मको समय दिइएको थियो ।
प्रतिवेदनमाथिको छलफलका लागि २५ वटा समूह बनाइएको छ । दिउँसो १२ बजेसम्म समूहगत छलफलमा उठेको विषय समूहका नेताहरूले १ बजेदेखि निष्कर्षका रूपमा सुनाउने कार्य तालिका छ ।
टोली नेतालाई समूहको छलफलको निष्कर्ष सुनाउन १५ मिनेटको समय उपलब्ध गराइनेछ । माओवादीले छलफलमा लागि प्रज्ञा भवन पार्टी कार्यालय, विभिन्न पार्टी प्यालेसमा प्रतिनिधिहरूलाई व्यवस्था गरेको छ । समूहका नेताले छलफलको निष्कर्ष भने प्रज्ञा भवनमै सुनाउनेछन् ।