नेवा: नख: न्यूयोर्कले पायो नयाँ नेतृत्व
अमेरिका । नेवा : नख: न्यूयोर्कले नयाँ नेतृत्व पाएको छ । चौंथो साधारण सभा र तेस्रो निर्वाचनले महेन्द्र बीर बज्राचार्यको अध्यक्षमामा १५ सदस्यीय कार्यसमितिको निर्विरोध चयन गर्यो । बज्राचार्य यस अगाडि उपाध्यक्ष थिए ।
यस्तै प्रथम उपाध्यक्षमा डा. नरेश मान शाक्य र द्वितीय उपाध्यक्षमा श्रुति अमात्य चयन भए । महासचिवमा तुलसी नारायण चित्रकार र सचिवमा संगीता मुखिया छोंचू तथा कोषाध्यक्षमा सलोनी वन्त श्रेष्ठ र सह-कोषाध्याक्षमा मेनी श्रेष्ठ निर्विरोध निर्वाचित भए ।
कार्यसमिति सदस्यहरुमा नम्रता प्रधान, दिपक कुमार प्रधान, महेन्द्र कुमार बज्राचार्य, संजन प्रधान, राधिका श्रेष्ठ, अभिषेक छोंचू र शोभना शाक्य निर्विरोध निर्वाचित भएका छन् । नखःको बिधान अनुसार स्वतः निर्वतमान अध्यक्ष बिष्णु मान प्रधान संस्थाको सल्लाहाकार भएका छन् ।
नेवा: नख: न्यूयोर्कको तेस्रो निर्वाचन, प्रमुख निर्वाचन आयुक्त, संस्थापक अध्यक्ष बीरेन्द्र प्रधानले सम्हालेका थिए ।
अध्यक्षमा निर्वाचित भए पछि बज्राचार्यले नेवा: कला संस्कृतिको क्षेत्रमा काम गर्दै सबै समुदायसँग हातेमालो र सहकार्य गर्दै सबै मिली सबैको सहयोगमा नख:लाई अगाडि बढाउने बताए । यस्तै अन्य पदाधिकारीहरू तथा सदस्यहरूले पनि आ-आफ्ना प्रतिवद्धता व्यक्त गरेका थिए ।
यस्तै निवर्तमान अध्यक्ष एवं सल्लाहाकार बिष्णु मान प्रधानले नव निर्वाचित कार्यसमितिलाई सफल कार्यकालको लागि शुभकामना दिए । उनले सबै सदस्यहरूलाई नयाँ टिमलाई सहयोगका लागि अपिल गरे । यस्तै प्रधानले अहिलेसम्म नखःको विभिन्न कार्यक्रममा सहयोग गर्ने सबै संघ-संस्था, महिला तथा पुरूष स्वयंमसेवी र सहयोगी दाताहरूलाई विशेष धन्यवाद दिएका थिए। ‘बिदेशमा रहेर पनि नेवाः परम्परा, कला-संस्कृति, चाड-पर्व जोगाउन र प्रवर्द्धन गर्न हामी सबै एकजुट भई अगाडी बढ्नु पर्ने पर्छ’ प्रधानले भने ।
नेवा: नख: न्यूयोर्क – नेवा: परम्परा, कला र संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि सन २०११ मा न्युयोर्कमा स्थापना गरिएको संस्था हो । यो संस्थाले समुदायको हितका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
साधरण सभा सम्पन्न
यस अगाडि नेपाल सम्बत ११४२ थिंलाथ्व: पुन्हि, य:मरि पुन्हि (गत आइतवार) भर्चुअल मार्फत संस्थाको साधरण सभाको थियो । साधरण सभामा प्रमुख अतिथि नख:का संस्थापक अध्यक्ष बीरेन्द्र प्रधान, संस्थापक सचिव संजय शिलाकार र सल्लाहाकार राज कुमार श्रेष्ठले कार्यक्रम सफलताको शुभकामना दिएका थिए । सभामा तत्कालिन उपाध्यक्ष महेन्द्र बीर बज्राचार्यले स्वागत मन्तव्य राखेका थिए ।
खुल्ला सत्रमा, महासचिव डा. नरेश मान शाक्यले संस्थाको कार्य प्रगति विवरण तथा गति-बिधीहरू फोटो र भिडियो प्रस्तुत गरी पेश गरेका थिए भने अध्यक्ष बिष्णु मान प्रधान र सह-कोषाध्याक्ष सलोनी वन्त श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
सभामा, दिवंगत हुनुभएका नखःका पूर्व सल्लाहाकार अजय मान छोँचूको संझनामा एक मिनेट मौन धारणा गरिएको थियो । उनले संस्थालाई दिएको योगदानको प्रशंसा गरिएको थियो ।
नेवा: नख: न्यूयोर्कका महासचिव डा. नरेश मान शाक्यद्वारा माध्यमबाट संचालन गरिएको साधारण सभाको अध्यक्षता नख:का तत्कालिन अध्यक्ष बिष्णु मान प्रधानले गरेका थिए । कार्यक्रमको शुरूमै उपस्थित सदस्यहरूको सहभागी दर्ताको कार्य, सचिव संगिता मुखिया छोंचू र सह-कोषाध्यक्ष सलोनी वन्त श्रेष्ठले गरेका थिए ।