अमेरिकामा खानेकुराको भाउ अच्चाक्लि महङ्गियो,३० बर्ष यताकै उच्च मूल्यवृद्धि
न्यूयोर्क । पछिल्लो समयमा अमेरिकामा कानेकुराको भाउ अच्चाकालि महङ्गो भएको छ । श्रम तथ्याङ्क ब्यूरोको प्रतिवेदनमा हालको मूल्यवृद्धि सन् १९८२ जनवरी यताकै सबै भन्दा ठूलो भनिएको छ ।
अमेरिकी उपभोक्ताहरूका लागि ‘बाहिर र घर दुबै तर्फको खाना महँगो हुँदै गइरहेको छ, रिपोर्टमा भनिएको छ । रेस्टुरेन्टको मूल्य पछिल्लो १२ महिनामा पाँच दशमलव आठ प्रतिशतले बढेको छ ।
यस्तै ब्यूरोको रिपोर्टमा घरमा पकाएर खर्च घटाउने आशा गर्ने उपभोक्ता पनि मूल्यवृद्धिको मारमा परेको उल्लेख छ । रिपोर्टमा भनिएको छ, ‘किराना सामानको मूल्यहरूको वृद्धिदरको रेकर्ड उच्चमा छ ।’
बीफको मूल्यमा २० दशमलव नौ प्रतिशतले ह्वात्तै बढेको छ । रिपोर्टमा यसलाई ‘सबैभन्दा नाटकीय वृद्धि भएको’ भनिएको छ ।
किराना सामानमा ६ दशमलव चार प्रतिशत बढेको देखाएको छ । यो डिसेम्बर २००८ पछिको उच्च मूल्यवृद्धि भएको रिपोर्टमा उल्लेख छ । बीफको मूल्यमा २० दशमलव नौ प्रतिशतले ह्वात्तै बढेको छ । रिपोर्टमा यसलाई ‘सबैभन्दा नाटकीय वृद्धि भएको’ भनिएको छ ।
मूल्यवृद्धि भए पनि रेस्टुरेन्ट,खाना निर्माता र आपूर्ति गर्ने निकायहरु भने दवावमा नरहेको जनाइएको छ । ति व्यवसायीहरुका अनुसार ग्राहकहरू बढी खर्च गर्न इच्छुक छन् । रेस्टुरेन्टहरूले आफ्नै खाना र श्रम लागत बढ्दै जाँदा मूल्यहरू बढाइरहेका छन् तर पनि त्यसलाई उपभोक्ताले स्वीकार गरेका छन् रिपोर्टमा भनिएको छ ।
म्याकडोनाल्ड्सले गत वर्षको तुलनामा यस वर्ष ६ प्रतिशतले मूल्य बढी हुने अपेक्षा गरेको छ । चिपोलेले पनि मूल्य बढाएको छ र पनि स्टोर रेस्टुरेन्ट बिक्री बढेको देखेको छ।
किराना पसलमा उच्च मूल्यहरू सम्भवतः अर्को वर्षसम्म रहने अनुमान गरिकएको छ । क्राफ्ट हेन्ज र मोन्डेलेज जस्ता प्रमुख उत्पादकहरूले सन् २०२२ को सुरुमा आफ्ना खुद्रा ग्राहकहरूका लागि मूल्य बढाउने योजना बनाएका छन्।
ति सबै कम्पनीहरूलाई विभिन्न शिर्षकमा दिइएका स्किमहरु फिर्ता लिन वा हटाउन अनुमति दिइएको छ , किनभने माग बढी छ र कम्पनीहरु आफ्नो सीमित आपूर्तिबाट पुरा गर्न सक्दैनन् । स्किममा राखिएका सामानहरु बढी विक्रि हुने गर्दछन् ।
नोभेम्बरमा के महँगो भयो
अक्टोबरदेखि नोभेम्बरसम्म उपभोक्ता मूल्य सूचकांक अनुसार सलादको मूल्यमा ६ दशमलव नौ प्रतिशत र ताजा फलफूल दुई दशमलव दुई प्रतिशत बढेको छ । सुन्तला दुई दशमलव चार प्रतिशत बढेको छ । ताजा कफीकेक र डोनट्सहरुका मूल्य तीन दशमलव पाँच प्रतिशत बढेको छ ।
मासुको मूल्यमा पनि भाउ बढेको छ । सुँगुरको मासुको दुई दशमलव दुई तथा ब्रेकफास्ट ससेज दुई दशमलव सात प्रतिशत बढेको रिपोर्टमा देखाएको छ । हट डग्स दुई दशमलव आठ तथा पोर्क रोस्ट, स्टेक र रिब्स तीन दशमलव सात प्रतिशत मूल्य बढेको देखाइएको छ ।
यी मध्ये केही वस्तुको मूल्य अझ बढ्न सक्छन्। हट डग, ससेज र बर्गर निर्माताहरूले खुद्रा विक्रेताहरूलाई जनवरीमा फ्रिजमा राखिएको मासुको मूल्य अझ बढ्ने चेतावनी दिएका छन् ।
ग्याँसको मूल्य १२ महिनाको अवधिमा ६ दशमलव आठ प्रतिशतले बढेर ३९ वर्षयताकै उच्च स्तरमा पुगेको छ।
सीएनएन विजनेशको सहयोगमा