हिन्द प्रशान्त क्षेत्रमा ‘आक्रामक कारबाही’ रोक्न चीनलाई अमेरिकी विदेश मन्त्रीको अपिल
अमेरका । अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिंकनले चीनसँग हिन्द-प्रशान्त क्षेत्रमा ‘आक्रामक कारबाही’ रोक्न अपिल गरेका छन् ।
अमेरिकी विदेश मन्त्री यस क्षेत्रमा भ्रमणमा रहेका छन् र एक सम्बोधनका क्रममा उनले यस्तो बताएको बीबीसीले उल्लेख गरेको छ ।
एन्टनी ब्लिंकनले अमेरिकी प्रभुत्व भएको क्षेत्र या फेरि चीनको प्रभुत्व रहेको क्षेत्रकाबीच कुनै प्रतिस्पर्धाको प्रश्न नभएको बताउँदै हिन्द-प्रशान्त क्षेत्रमा रहेको बताए ।
उनले यस क्षेत्रको शान्ति र विकासका लागि यो आवश्यक भएको बताए । यस क्षेत्रमा चीनको आक्रामक कारबाही चिन्ताको विषय भएको उनको भनाइ थियो ।
उनले पूर्वोत्तर एसियादेखि लिएर दक्षिणपूर्वी एसियासम्म र मेकोंग नदीदेखि लिएर प्राशान्त द्वीपसम्म चीनको आक्रामकताले चिन्ता थपिएको बताए ।
अमेरिका हिन्द प्रशान्त क्षेत्रलाई लिएर चिन्तित रहेको उनको भनाइ थियो । अमेरिकी विदेशमन्त्री यतिबेला इण्डोनेशियाको भ्रमणमा रहेका छन् ।
यसै बीच विदेश मन्त्री एन्टनी ब्लिंकनले अमेरिका र इन्डोनेसियाले स्वतन्त्र र खुला इन्डो-प्यासिफिक क्षेत्रको बलियो दृष्टिकोण साझा राख्ने पत्रमा हस्ताक्षर गरेको बताएका छन् । ट्वीट्ट गर्दै उनले भनेका छन्, ‘ आज, मैले इन्डोनेसियाली विदेशमन्त्रीसँग सम्झौतामा हस्ताक्षर गरे
हाम्रो द्विपक्षीय सम्बन्धलाई अझ गहिरो बनाउन र समुद्री सहयोगमा हाम्रो उत्कृष्ट साझेदारी जारी राख्छ।’
विदेशमन्त्री एन्टनीले जकार्ता आर्थिक सहयोगका बारेमा पनि छलफल भएको बताएका छन् ।’जकार्तामा अमेरिका र इन्डोनेसियाबीचको आर्थिक सहयोगका बारेमा आर्थिक मन्त्रीहरूसँग राम्रो छलफल भएको छ । हामी इन्डोनेसियासँगको हाम्रो आर्थिक सम्बन्धलाई प्रगाढ बनाउन र हाम्रा दुवै देशको समृद्धि बढाउन प्रतिबद्ध छौं।’
एजेन्सी
तस्वीर : विदेश मन्त्री एन्टनी ब्लिंकनको ट्वीटरबाट