अवैध रुपमा अमेरिका प्रवेस गर्ने समुहबाट दुई बर्षिय बालकको सुरक्षाकर्मीद्वारा उद्धार
लारेडो, टेक्सास । अमेरिकी सीमा सुरक्षा बलले टेक्सासको दक्षिण क्षेत्रमा गम्भीर स्वास्थ अवस्थाबाट पीडित दुई वर्षीया बालकको उद्धार गरेको छ ।
लारेडो साउथ स्टेसनमा खटिएका सीमा गस्तिका सदस्यले अवैध रुपमा अमेरिका प्रवेस गर्न लागेका व्यक्तिहरुको समुहबाट गम्भिर स्वास्थ समस्या देखिएका बालकको उद्धार गरेको सीमा र सुरक्षा विभागको बुलेटिनमा जनाइएको छ ।
अमेरिकामा अवैध रूपमा प्रवेश गरेका व्यक्तिहरूको समूहलाई फर्काउने क्रममा एउटी आमा र तिनका दुई छोराछोरीहरू भेटिएका थिए । सो परिवार समूह कागजात नभएका व्यक्तिहरूको ठूलो समूहबाट अलग भएको थियो।
ठूलो समुहबाट अलग भएका ति परिवारमा एक बालकलाई सीमा गस्ती आपतकालीन चिकित्सा प्राविधिकहरूले चिकित्सा सहायता प्रदान गरे थिए । पछि घटनास्थलमा आइपुगेको लारेडो शहरको आपतकालीन चिकित्सा सेवा टिमका व्यक्ति मार्फत बच्चालाई थप उपचारको लागि स्थानीय अस्पतालमा पुर्याइएको जनाइएको छ ।
विभन्न जोखिम मोलेर अवैध रुपमा अमेरिका प्रवेस गर्ने प्रयास गर्ने क्रम रोकिएको छैन । बदलिदाे तापक्रममा पनि गैरकानूनी प्रवेश र दुर्गम क्षेत्रबाट यात्रा गर्दा निम्त्याउने खतराले जीवनलाई नै जोखिममा पार्न गरेको सीमा सुरक्षा बलका अधिकारीको भनाइ छ ।
‘अमेरिकी सीमा गस्ती एजेन्टहरू जीवनलाई खतरामा पार्नेहरू सहित हरेक परिस्थितिको सामना गर्न र आवश्यकता अनुसार भूमिकाहरूमा अनुकूलन काम गर्न प्रशिक्षित र सुसज्जित छन्।’ सीमा सुरक्षा बलको बुलेटिनमा भनिएको छ ।
फोटो : अमेरिकी सीमा सुरक्षा बल