जनसम्पर्क समिति अमेरिकाको प्रतिष्ठा जोगाउ : कृष्ण लामिछाने, संस्थापक महासचिव
अमेरिका । नेपाली जनसम्पर्क समिति अमेरिकाका सस्थापक महासचिव कृष्ण लामिछानेले संस्थाको प्रतिस्था जोगाउन आह्वान गरेकाछन् ।
सामाजिक सन्जालमा लामो स्टाटस लेख्दै लामिछानेले ‘हामीहरु सबैजना चनाखो भई कानुन बिधि प्रकृया र पद्धति बिपरित गरिएकोसबै निर्णयलाई प्रतिवाद गर्दै नेपाली जनसम्पर्क समिति अमेरिकाको प्रतिष्ठा जोगाउन गरी अगाडी बढ्न पुनः एक पटक आह्वानगर्दछु।’भनेका छन् ।
नेपाली कांग्रेस जस्तो पार्टीको भातृ संगठनका गतिविधि गोप्यरूपमा हुने गरेको भन्दै लामिछानेले आपत्ति प्रकट गरेका छन् । ‘लुकीछिपीकृयासिल सदस्यता बाढ्दै गैह्र कानुनी तरिकाबाट रकमहरु संकलन गरी नेपाली कॉंग्रेस पार्टी समेतलाई भविष्यमा बद्नाम गर्नेगरी अँध्यारोकुनाबाट रचिएको षड्यन्त्रलाई चिर्न म तपाईहरु सबैलाई एकाकार हुन यसै मार्फत हार्दिक अपिल गर्दछु।’
लामिछानेको अपिलको पूर्ण पाठ
आदरणीय अमेरिकावासी नेपाली जनसम्पर्क समितिमा आबद्ध सम्पूर्ण आमाबुवा, दिदीबहिनी तथा दाजुभाईहरु तपाईहरु सबैमा जयनेपालको न्यानो अभिवादन ।
नेपाली जनसम्पर्क समिति अमेरिकाको संस्थापक महासचिवको हैसियतले यस संस्था भित्र भईरहेको बिभिन्न गतिविधिहरुको सम्बन्धमातपाईहरुलाई जानाकारी गराउँनु मेरो पहिलो कर्तव्य संझिएर केही बिषयहरु उठान गर्दैछु।
आदरणीय महानुभावहरु, जननायक बिश्वेश्वर प्रसाद कोईरालाज्यूले स्थापित गर्नुभएको नेपाली जनसम्पर्क समिति समयको क्रम रनेपालीहरुको जनघनत्वसंगै आज संसारको धेरै देशहरुमा फैलिएको छ। हामी बसोबास गरिरहेको देशमा समेत यो संस्था बिगत लामोसमयदेखी कृयासिल छ।
मुलत: अमेरिका एउटा संसारकै उत्कृष्ट प्रजातान्त्रिक अभ्यास भएको देश हो। यहॉं कानुन सम्मत बनाईएको बिधि र प्रकृयाको आधारमासबै चिजहरुको निरुपण हुँदछ। सन् २०१४ को नोभेम्बर २२/२३ तारेख टेक्ससको डलासबाट निर्वाचित नेपाली जनसम्पर्क समितिअमेरिका सन् २०१६ को ओक्टुबर देखि बिधिवत ५०१ सी (३) अन्तर्गत दर्ता गरी सोहीनुसार कृयासिल छ भन्ने मेरो बुझाई हो।
यदी, ५०१ सी (३) मा नै दर्ता भएको भएतापनि सन् २०१७ को अप्रिल २२ तारेख भर्जिनियाको मनाससमा गरिएको साधारण सभापछिकुनैपनि साधारण सभा गरिएको/ भएको छैन। यसरी दर्ता गरिएको संस्थाको अनिवार्य बार्षिक साधारण सभा हुनुपर्नेछ।
अमेरिका जस्तो कानुनी देशमा बसेर पनि हामी जिम्मेवार मानिसहरुबाट नेपाली जनसम्पर्क समिति अमेरिकालाई आफ्नो ब्यक्तिगतसंस्था जस्तो गरी चलाई राखेका छौ। तपाईहरुको मौनता पछिको कारणहरु मैले बुझेको छु। एकातिर ५०१ सी (३) मा संस्था दर्ता गर्ने रअर्को तर्फ सोही दर्तानुसारको नेपाली जनसम्पर्क समिति अमेरिकाको नाममा नेपाली कॉंग्रेस पार्टीको पनि इकाई यही हो भन्ने दोहोरोचरित्रले गर्दा हामीलाई थप संकट तर्फ धकेल्दै छ भन्ने मेरो ठम्याई हो।
नेतृत्वमा पुगेपछि नेतृत्व मै बसी राख्ने सोंचलाई नै मान्ने हो भनेपनि कम से कम यहॉंको कानुनत दर्ता भएको संस्थालाई सोहीनुसारकोबिधि र पद्धति अनुसार अगाडी बढ्न दिनुपर्ने होईन … ??? यो गाम्भीर्यताको उत्तर कसले दिने हो। अहिले नेपाली कॉंग्रेसको १४ औंमहाधिवेशनलाई आधार बनाई नेपाली कॉंग्रेस जस्तो लोकतान्त्रिक पार्टीको साखलाई यति ठुलो बिकसित देशमा बसेर निर्लज्ज ढंकबाटजसरी उपहास गरिदैछ यसले आम लोकतन्त्रप्रेमीहरुको मनलाई क्षयिकरण गरेको छ।
हाक्काहाक्की बिधि सम्मत नेपाली कॉंग्रेसको कृयासिल सदस्यता र नेपाली जनसम्पर्क समिति अमेरिकाको सदस्यता बितरण गरीपारदर्शिता सहित अघि बढ्दै अमेरिकाभर सकृय सबै च्याप्टरहरुको अधिवेशनबाट नयॉं नेतृत्वहरु स्थापित गर्दै केन्द्रीय अधिवेशन गर्नुकोसट्टा लुकीछिपी कृयासिल सदस्यता बाढ्दै गैह्र कानुनी तरिकाबाट रकमहरु संकलन गरी नेपाली कॉंग्रेस पार्टी समेतलाई भविष्यमा बद्नामगर्नेगरी अँध्यारो कुनाबाट रचिएको षड्यन्त्रलाई चिर्न म तपाईहरु सबैलाई एकाकार हुन यसै मार्फत हार्दिक अपिल गर्दछु।
तपाई हामी सबैको बिचारको प्रतिबिम्ब हो, नेपाली जनसम्पर्क समिति अमेरिका। यसमा हामीहरु सबैजना चनाखो भई कानुन बिधिप्रकृया र पद्धति बिपरित गरिएको सबै निर्णयलाई प्रतिवाद गर्दै नेपाली जनसम्पर्क समिति अमेरिकाको प्रतिष्ठा जोगाउन गरी अगाडीबढ्न पुनः एक पटक आह्वान गर्दछु।
जय नेपाल !!!
कृष्ण प्रसाद लामिछाने
संस्थापक महासचिव
नेपाली जनसम्पर्क समिति अमेरिका।