एनआरएनए आइसीसीमा रुवावासी : सरकारलाई दिने पाँच करोड जुटाउनै मुस्किल
अभियन्ताले व्यक्तिगत रूपमा राहत कोषमा रकम जम्मा गरेपछि अत्तालिए हेमराज शर्मा
ल्यानक्यास्टर, पेन्सिल्भेनिया / गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशीमा आएको विनाशकारी बाढीपछि नेपाल सरकारलाई राहतका लागि ठूलो रकम उपलब्ध गराउने घोषणा गरे पनि उक्त प्रतिबद्धता पूरा गर्न संघभित्रै सकस देखिएको छ।
पाँच करोड रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने घोषणा गरेको संघले हालसम्म संस्थापक अध्यक्ष, पूर्वअध्यक्ष तथा केही पदाधिकारीबाट ५३ लाख ५० हजार रुपैयाँ बराबरको सहयोग प्रतिबद्धता प्राप्त भएको जनाएको छ। त्यसपछि संघले आफ्ना अन्तर्राष्ट्रिय परिषद्का पदाधिकारीलाई थप रकम जुटाउन आग्रह गरेको छ। घोषित रकम र हालसम्म प्राप्त प्रतिबद्धताबीचको ठूलो अन्तरले एनआरएनएको आर्थिक हैसियत र संगठनात्मक व्यवस्थापनमाथि प्रश्न उठाएको छ।
संघका अध्यक्ष हेमराज शर्माले अन्तर्राष्ट्रिय परिषद्का पदाधिकारीहरूलाई पठाएको अपिलमा आईईएसका पदाधिकारीलाई कम्तीमा एक लाख र अफिस बेयररलाई कम्तीमा ५० हजार रुपैयाँ सहयोग गर्न आग्रह गरेका छन्। त्योसो त उनले पदाधिकारीहरुलाई व्यक्तिगत रुपमा फोन गरेर चन्दा दिन भनिरहेको बताइएको छ ।
संघले पाँच करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरिसकेको अवस्थामा त्यसको ठूलो हिस्सा आफ्नै पदाधिकारी र अभियन्ताबाट उठाउनुपर्ने अवस्था आएपछि एनआरएनएभित्र दबाब बढेको देखिन्छ। राहतका नाममा घोषणा गरिएको रकम जुटाउन संघले पदाधिकारीदेखि क्षेत्रीय संयोजकसम्मलाई सहयोग गर्न आग्रह गर्न थालेको छ।
अझ रोचक पक्ष के छ भने, एनआरएनएका केही अभियन्ताले संघको खातामा रकम जम्मा गर्नुको सट्टा व्यक्तिगत रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलगायत राहतका माध्यमबाट सहयोग गर्न थालेपछि संघ नेतृत्व थप दबाबमा परेको देखिन्छ।
आफूले घोषणा गरेको राहत अभियानमा अपेक्षित रकम नआउने र अभियन्ताहरूले आफ्नै हिसाबले सहयोग गर्न थालेपछि अध्यक्ष शर्मा असन्तुष्ट बनेको देखिन्छ। त्यसैले उनले व्यक्तिगत रूपमा अन्य माध्यमबाट सहयोग गर्नुभन्दा संघमार्फत एकमुष्ट रकम जम्मा गर्न आग्रह गरेका छन्।
शर्माले पदाधिकारीहरूलाई पठाएको सन्देशमा व्यक्तिगत रूपमा अन्य माध्यमबाट सहयोग गर्नुभन्दा संघमार्फत सहयोग गर्दा ‘एकता र सामूहिक शक्ति’ देखिने दाबी गरेका छन्।
तर, यही आग्रहले एनआरएनएभित्र अर्को प्रश्न जन्माएको छ—राहत दिन चाहने व्यक्तिले आफूलाई विश्वास लागेको सरकारी वा अन्य आधिकारिक कोषमा रकम जम्मा गर्न नपाउने हो? विपद्का बेला पीडितलाई तत्काल राहत पुग्नु मुख्य विषय हो कि रकम कुन संस्थाको खाताबाट गएको देखाउने भन्ने विषय ठूलो हो?
एनआरएनएले प्रारम्भिक चरणमा नेपाल सरकारसँग समन्वय गरेर राहत सामग्री वितरण तथा स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना बनाएको जनाएको छ। नुवाकोटबाट राहत वितरण सुरु गरिसकेको र स्वास्थ्य शिविरसमेत सञ्चालन गर्ने तयारी रहेको संघको भनाइ छ। त्यसपछि बाँकी रकम प्रधानमन्त्री राहत कोषमा एकमुष्ट प्रदान गर्ने योजना रहेको बताइएको छ।
यसले पनि संघले घोषणा गरेको पाँच करोड रुपैयाँमध्ये कति रकम प्रत्यक्ष राहतमा खर्च हुन्छ र कति रकम अन्ततः सरकारी कोषमा जाने हो भन्ने प्रश्न उब्जाएको छ।
५३ लाख ५० हजारको प्रतिबद्धता
संघले सार्वजनिक गरेको विवरणअनुसार संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले १० लाख, वरिष्ठ उपाध्यक्ष रोबिनप्रसाद शेर्चनले १० लाख, उपाध्यक्ष बुद्धिसागर सुवेदीले १० लाख, पूर्वअध्यक्ष महेश श्रेष्ठले पाँच लाख तथा उपाध्यक्ष ददिवल खड्काले पाँच लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
पूर्वअध्यक्ष विनोद कुँवर र उपाध्यक्ष लोकप्रसाद दाहालले दुई–दुई लाख तथा अध्यक्ष हेमराज शर्मा, उपमहासचिव अनुजा प्रधान, दिनेशकुमार घिमिरे र सचिव कृष्णजीवी पन्त लगायतले एक–एक लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
त्यस्तै सचिवहरू, कोषाध्यक्ष, पूर्वआईसीसी सदस्य तथा अन्य पदाधिकारीबाट पनि विभिन्न रकम सहयोगको प्रतिबद्धता आएको छ।
तर, संघले सार्वजनिक गरेको लामो सूचीमा धेरै पूर्वअध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव, क्षेत्रीय संयोजक तथा अन्य पदाधिकारीको नाम उल्लेख भए पनि उनीहरूको सहयोग रकम खाली राखिएको छ। यही विवरणले पाँच करोड रुपैयाँको घोषणा र वास्तविक रूपमा प्राप्त भएको प्रतिबद्धताबीचको दूरी स्पष्ट पार्छ।
संघको आफ्नै विवरणलाई आधार मान्दा अहिलेसम्मको प्रतिबद्धता पाँच करोड रुपैयाँको तुलनामा निकै न्यून देखिन्छ। प्रारम्भिक चरणमै करोडौँ रुपैयाँ आवश्यक पर्ने राहत अभियानमा घोषणा गरिएको रकम जुटाउन पदाधिकारीलाई सहयोगका लागि दबाब दिनुपर्ने अवस्था आउनु एनआरएनएको नेतृत्व क्षमतामाथि नै प्रश्न बनेको छ।
व्यक्तिगत सहयोग रोक्न खोजिएको हो?
विपद्को घडीमा नेपाली नागरिक तथा विभिन्न संघसंस्थाले आ–आफ्नो क्षमताअनुसार सरकारको दैवी प्रकोप उद्धार कोष, प्रधानमन्त्री राहत कोष तथा स्थानीय तहका राहत संयन्त्रमार्फत सहयोग गरिरहेका छन्।
एनआरएनएका अभियन्ताहरूले समेत व्यक्तिगत रूपमा सरकारी राहत कोषमा रकम जम्मा गर्न थालेका छन्। यस्तो अवस्थामा संघले भने ‘व्यक्तिगत रूपमा होइन, संघमार्फत सहयोग गर्नुस्’ भन्दै आफ्ना पदाधिकारीलाई पत्राचार गर्नुले संघको प्राथमिकता र उद्देश्यबारे बहस निम्त्याएको छ।
विपद्का बेला राहत रकम कहाँबाट आयो भन्दा पनि पीडितसम्म कति छिटो र पारदर्शी ढंगले पुग्यो भन्ने विषय महत्वपूर्ण हुन्छ। संस्थाको नाममा रकम जम्मा गरेर त्यसलाई परिचालन गर्नु राम्रो हुन सक्छ, तर त्यसका लागि संस्थाप्रति विश्वास, पारदर्शिता र जवाफदेहिता पनि उत्तिकै आवश्यक हुन्छ।
विगतमा एनआरएनएभित्र आर्थिक पारदर्शिता, नेतृत्व विवाद र संस्थागत विभाजनका विषयमा प्रश्न उठ्दै आएका बेला अहिलेको राहत अभियानले ती प्रश्नलाई पुनः सतहमा ल्याएको छ।
घोषणा गर्नुअघि स्रोत सुनिश्चित थियो?
एनआरएनएले पाँच करोड रुपैयाँ सहयोग गर्ने घोषणा गर्दा त्यसको स्रोत सुनिश्चित गरेको थियो कि थिएन भन्ने प्रश्न पनि स्वाभाविक रूपमा उठेको छ।
यदि स्रोत सुनिश्चित थिएन भने सार्वजनिक रूपमा यति ठूलो रकम घोषणा गर्नु किन आवश्यक थियो? अनि स्रोत सुनिश्चित थियो भने अहिले पदाधिकारी र अभियन्तासँग रकम माग्नुपर्ने अवस्था किन आयो? यी प्रश्नको स्पष्ट जवाफ संघ नेतृत्वले दिनुपर्ने देखिन्छ।
झन्, केही अभियन्ताले व्यक्तिगत रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न थालेपछि नेतृत्वले देखाएको हतारोले एनआरएनएभित्रको वास्तविक अवस्था थप उजागर गरेको छ।
आफूले घोषणा गरेको रकम जुटाउन नसक्ने अवस्था आएपछि अरूले व्यक्तिगत रूपमा गरेको सहयोगसमेत संघको अभियानभित्रै ल्याउन खोजिएको हो कि भन्ने आशंका उत्पन्न भएको छ।
एनआरएनए नेतृत्वले भने यसलाई संस्थागत एकताको विषयका रूपमा प्रस्तुत गरेको छ। संघमार्फत एकमुष्ट सहयोग गर्दा संसारभर रहेका नेपालीको सामूहिक शक्ति देखिने उसको तर्क छ।
तर, सामूहिक शक्ति देखाउने नाममा व्यक्तिको स्वतन्त्र निर्णय र सहयोग गर्ने अधिकारमाथि प्रश्न उठाउनु कति उचित हो भन्ने बहस पनि उत्तिकै महत्वपूर्ण छ।
एनआरएनए विश्वव्यापी रूपमा फैलिएको ठूलो नेपाली सञ्जाल हो। विश्वका विभिन्न मुलुकमा रहेका नेपालीबाट आर्थिक तथा सामाजिक सहयोग जुटाउने क्षमता उससँग छ। त्यसैले पाँच करोड रुपैयाँ सहयोग गर्ने घोषणा आफैंमा असम्भव लक्ष्य होइन।
तर, घोषणा र कार्यान्वयनबीच तालमेल नहुँदा संस्थाको विश्वसनीयतामाथि असर पर्न सक्छ। राहतजस्तो संवेदनशील विषयमा प्रचारमुखी घोषणा गरेर पछि रकम जुटाउन पदाधिकारीमाथि दबाब दिने शैलीले संस्थाको छवि बलियो बनाउनेभन्दा कमजोर बनाउने खतरा हुन्छ।
डा. शर्माले आइसीसी पदाधिकारीहरुलाई पठाएको इमेल
आदरणीय अन्तर्राष्ट्रिय परिषद्का पदाधिकारीज्यूहरू,
भोटेकोशीका बाढीपीडितहरूको राहतका लागि गैरआवासीय नेपाली संघले रु. ५ करोड बराबरको आर्थिक सहयोग गर्ने घोषणा गरेको यहाँहरूलाई अवगत नै छ। यस राहत कोषका लागि हालसम्म संस्थापक अध्यक्ष, पूर्वअध्यक्षहरू तथा पदाधिकारीहरूबाट रु. ५३ लाख ५० हजार सहयोगको प्रतिबद्धता प्राप्त भइसकेको छ (तलको सूची हेर्नुहोला)।
यस अभियानमा यहाँहरूको अनिवार्य सहभागिता र सहयोगका लागि हार्दिक अनुरोध गर्दछु। विशेषगरी आईईएसका पदाधिकारीज्यूहरूलाई कम्तीमा रु. १ लाख तथा अफिस बेयरर साथीहरूलाई कम्तीमा रु. ५० हजार सहयोग गरी यस सामूहिक राहत अभियानमा योगदान पुर्याउनुहुन अनुरोध गर्दछु।
हामीले प्रतिबद्धता गरेको रु. ५ करोडमध्ये प्रारम्भिक चरणमा नेपाल सरकारसँग समन्वय गरी राहत सामग्री वितरण गर्ने तथा स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना रहेको छ।
हिजोदेखि हामीले नुवाकोटबाट राहत वितरण सुरु गरेका छौँ भने आज पनि साथीहरू फिल्डमा खटिनुभएको छ। राहत सामग्री वितरण तथा स्वास्थ्य शिविर सञ्चालनपछि बाँकी रहेको रकम एकमुष्ट रूपमा प्रधानमन्त्री राहत कोषमा प्रदान गरिनेछ।
पदाधिकारीज्यूहरूले अन्य माध्यमबाट व्यक्तिगत रूपमा सहयोग गर्नुभन्दा संघमार्फत एकमुष्ट रूपमा सहयोग गर्दा हाम्रो एकता र सामूहिक शक्ति अझ स्पष्ट रूपमा देखिनेछ। त्यसैले संघको नेपालस्थित बैंक खातामा रकम ट्रान्सफर गर्नुहुन वा क्रेडिट/डेबिट कार्ड प्रयोग गरी अनलाइनमार्फत सहयोग प्रदान गर्नुहुन अनुरोध गर्दछु।
अनलाइन सहयोगका लागि:
https://charity.nrna.org/…/1ae40adf-8197-4b98-ae38…
NRNA Emergency Fund को बैंक खाता विवरण
Bank Name: Global IME Bank Ltd. Account Number: 03407010441278 Account Name: NRNA Emergency Fund Branch: Tripureshwor SWIFT Code: GLBBNPKA
धन्यवाद।
हेम राज शर्मा अध्यक्ष गैरआवासीय नेपाली संघ
Name Position Donation
Dr Upendra Mahato Founding president 1000000
Robin Prasad Sherchan Senior Vice President 1000000
Buddi Sagar Subedi Vice President 1000000
Mahesh Shrestha Ex-president 500000
Dadiwal Khadka Vice President 500000
Binod Kunwar Ex-president 200000
Lok Prasad Dahal Vice President 200000
Dr. Hem Raj Sharma President 100000
Anuja Pradhan Deputy General Secretary 100000
Dinesh Kumar Ghimire Deputy General Secretary 100000
Shiva Prasad Poudel Secretary 100000
Sujan Adhikari Secretary 100000
Krishnajibi Panta Secretary 100000
Krishna Prasad Timalsena Treasurer 100000
Rohit Agrawal Past ICC member 100000
Som Sapkota Spokesperson 50111
Madan Raj Poudel Secretary 50000
Prasuna Kadel Secretary 50000
Devman Hirachan Ex-president
Jiba Lamichhane Ex-president
Shesh Ghale Ex-president
Bhaban Bhatta Ex-president
Kumar Panta Ex-president
Kul Acharya Ex-president
Rabina Thapa Ex-president
RK Sharma Ex-president
Dr Badri KC Ex-president
Chinta Mani Sapkota Vice President
Dinesh Pokharel Vice President
Gopi Krishna Kaphle Vice President
Dr. Gyanendra Regmi Vice President
Junu Gurung Vice President
Khagendra Neupane Vice President
Mahendra Oli Vice President
Manoj Kumar Shrestha Vice President
Prabin Gurung Vice President
Purna Chandra Baniya Vice President
Rabin Raj Bajracharya Vice President
Ram Sharan Simkhada Vice President
Rojina Pradhan Rai Vice President
Roshan Thapa Vice President
Tanka Prasad Gaire Vice President
Biswasdip Tigela Vice President
Tilak Prasad Gaire Vice President
Radhika Gurung (Tika) Women Vice President
Bhimsen Thapa Youth Vice President
Dr. Chiranjeewee Khadka General Secretary
Bedraj Basnet Deputy General Secretary
Parash Mani Pokharel Deputy General Secretary
Rajendra Aryal Deputy General Secretary
Mohammad Muktda Musalman Deputy General Secretary
Swotantra Pratap Shah Deputy General Secretary
Binod Karki Deputy General Secretary
Deepak Gautam Deputy General Secretary
Dipak Oli Deputy General Secretary
Govinda Gautam Deputy General Secretary
Krishna Pokharel Deputy General Secretary
Dr Nabraj Rosyara Deputy General Secretary
Prakash Dhamala Deputy General Secretary
Purushottam Bohora Deputy General Secretary
Abhimanyu Basnet Secretary
Dipesh Khatri Secretary
Madhab Dulal Secretary
Sujan K.C. Khatri Secretary
Supendra Ghising Secretary
Yagya Narayan Paudel Secretary
Bhuwani Prasad Timilsina Secretary
Ramesh Bhatta Secretary
Padam Giri Secretary
Sabu Paudel Secretary
Amrita Thapa (Kanchan) Women Secretary
Abdul Basid Joint Treasurer
Bimal Subedi Joint Treasurer
Arun Thakur Joint Treasurer
Chhatra Adhikari Joint Treasurer
Devika KC Joint Treasurer
Gita Thapa Khanal Joint Treasurer
Gobinda Kharel Joint Treasurer
Kranti Singh Joint Treasurer
Madhav Pokharel Joint Treasurer
Min Shrestha Joint Treasurer
Pradeep Neupane Joint Treasurer
Sailu Adhikari Joint Treasurer
Shiva Karki Joint Treasurer
Ganga Khatiwoda Women Joint Treasurer
Rashmi Thapa Women Coordinator
Nabin Neure Youth Coordinator
Manoj B.K. Regional Coordinator Africa
Bhuwan Kharal Regional Coordinator Americas
Deepak Prasad Kandel Regional Coordinator Asia Pacific
Robot Limbu Regional Coordinator Europe
Ramesh Shrestha Regional Coordinator Middle East
Ramesh Joshi Regional Coordinator Oceania
Netra Pandey Deputy Regional Coordinator Americas
Samrat Thapa Deputy Regional Coordinator Americas
Lila Thapa Deputy Regional Coordinator Americas
Anjan Chaulagai Deputy Regional Coordinator Americas
Gobinda Subedi Deputy Regional Coordinator Americas
Min Khadka Deputy Regional Coordinator Americas
Saroj Aryal Deputy Regional Coordinator Americas
Saroj Bhattarai Deputy Regional Coordinator Americas
Yam Khatri Deputy Regional Coordinator Americas
Bhabindra Basnet Deputy Regional Coordinator Asia Pacific
Chhatra Bahadur Dahal Deputy Regional Coordinator Asia Pacific
Lal Singh Khadka Deputy Regional Coordinator Asia Pacific
Buddhi Gurung Deputy Regional Coordinator Asia Pacific
Devraj Upreti Deputy Regional Coordinator Asia Pacific
Narayan Adhikari Deputy Regional Coordinator Asia Pacific
RK Mahato Deputy Regional Coordinator Asia Pacific
Shraban Satyal Deputy Regional Coordinator Asia Pacific
Sudesh Jha Deputy Regional Coordinator Asia Pacific
Tilak Ram Bhattarai Deputy Regional Coordinator Europe
Hari Khatri Deputy Regional Coordinator Europe
Kamal Sharma Deputy Regional Coordinator Europe
Krishna Siwakoti Deputy Regional Coordinator Europe
Nripesh Giri Deputy Regional Coordinator Europe
Raj Kumar Thapa Deputy Regional Coordinator Europe
Rems Khanal Deputy Regional Coordinator Europe
Salikram Dumre Deputy Regional Coordinator Europe
Satya Jha Deputy Regional Coordinator Europe
Shagharshil KC Deputy Regional Coordinator Europe
Sibani Shrestha Deputy Regional Coordinator Europe
Sita Baral Deputy Regional Coordinator Europe
Suresh Pun Deputy Regional Coordinator Europe
Teertha Dhamala Deputy Regional Coordinator Europe
Bishal Bhandari Deputy Regional Coordinator Europe
Bikal Jha Deputy Regional Coordinator Middle East
Bikas Shahi Deputy Regional Coordinator Middle East
Bishnu Lal Shrestha Deputy Regional Coordinator Middle East
Karim Baks Miya Deputy Regional Coordinator Middle East
Chhabi Prasad Sapkota Deputy Regional Coordinator Oceania
CK Bhusal Deputy Regional Coordinator Oceania
Hemanta Raj Kafle Deputy Regional Coordinator Oceania
Chhatra Gurung Regional Women Coordinator Americas
Sangita Adhikari (Subedi) Regional Women Coordinator Asia Pacific
Bindu Sunuwar Regional Women Coordinator Asia Pacific
Baba (Rajeshwori) Thapa Chhetri Regional Women Coordinator Europe
Sarita Bhandari Regional Women Coordinator Middle East
Kalpana Dhakal Deputy Regional Women Coordinator Americas
Radha Sigdel (Kiran) Deputy Regional Women Coordinator Europe
Manju Malla (Uchai) Deputy Regional Women Coordinator Middle East
Ram Thapa (Anil) Regional Youth Coordinator Asia Pacific
Shivsagar Budhathoki Regional Youth Coordinator Europe
Sujan Sapkota Regional Youth Coordinator Middle East
Oman Gauchan (Hanson) Deputy Regional Youth Coordinator Europe
Basudev Sapkota Deputy Regional Youth Coordinator Middle East
Deepmala Dhakal 2nd Generation Coordinator
Best regards,
Dr. Hem Raj Sharma
President, Non-Resident Nepali Association (NRNA)
Email: president@nrna.org
Mobile/WhatsApp: +44 7882 958861/ Nepal: +977-9801861123
NRNA Secretariat, Baluwatar, Subarna Shumsher Marga, Ward No. 4, Kathmandu, Nepal P.O. Box 1189 | Tel: +977-1-4426005, +977-1-4411530 Web: www.nrna.org | Facebook:
https://www.facebook.com/NRNAOfficial
Group Mail Code of Conduct
1. Avoid Greetings on festivals and condolence on group mail, if you must send, send it to individuals.
2. Avoid repetition of same opinions
3. Avoid use of reply all function unless it is thought to be of a general interest.
4. Avoid sending replies to the individual through group mail.














