भक्तपुरमा सडक दुर्घटनाबाट मृत्यु

Getting your Trinity Audio player ready...
|
भक्तपुर ः भक्तपुरको नलिञ्चोक बाँस घारीमा शनिवार दिउँसो बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार यात्रुको मृत्यु भएको छ।
बनेपाबाट भक्तपुरतर्फ आउँदै गरेको बा. ५ ख ३०२० नं. को यात्रुवाहक बसले सूर्य विनायक नगरपालिका–९ नलिञ्चोक बाँसबारीस्थित अरनिको राजमार्गमा बा. ७० प. ९१३८ नं. मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दोलखा गौरीशङ्कर गाउँपालिका–२ घर भई हाल नलिञ्चोक बस्ने ४० बर्सिया गङ्गा बस्नेतको मृत्यु भएको हो।
दुर्घटनामा घाइते बस्नेतलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायक उपरीक्षक राजु पाण्डेले बताए।
प्रहरीले बस चालक काभ्रेपलान्चोक बनेपा नगरपालिका–९ बस्ने ४१ वर्षीय रविन श्रेष्ठ र बस महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको जनाएको छ।