पेन्सिल्भेनियामा प्राइमरी चुनाव बारे जान्नै पर्ने केही तथ्य, मे ४ किन महत्त्व
ल्यानक्यास्टर, पेन्सिल्भेनिया / अमेरिकामा यो वर्ष चुनावको वर्ष हो । अझ पेन्सिल्भेनियामा त यो वर्ष दुई पटक चुनाव हुन्छ । पहिलो चुनावलाई प्राइमरी भनिन्छ । यो मे महिनाको १९ तारिख हुँदै छ।
मे १९ तारिख हुने चुनावमा पार्टीका मतदाताले भोट हाल्ने हो । पेन्सिलभेनियाभरि डेमोक्र्याट र रिपब्लिकन मतदाताहरूले आफ्नो-आफ्नो पार्टीबाट नोभेम्बरको आम निर्वाचनमा प्रतिस्पर्धा गर्ने उम्मेदवार छनोट गर्नेछन्।
पेन्सिल्भेनियामा यस पटक गभर्नर र लेफ्टिनेन्ट गभर्नरको चुनाव हुने छ । यस्तै राज्य प्रतिनिधि सभाको सबै सिटमा चुनाव हुने छ । राज्य सिनेटमा भने आधा सदस्यका लागि चुनाव हुने छ।
पेन्सिल्भेनिया राज्य प्रतिनिधि सभा दुई सय तीन सदस्यीय छ । यस्तै राज्य सिनेटमा ५० मध्ये यो पटक २५ सिटका लागि चुनाव हुने छ । सिनेटको कार्यकाल चार वर्षको हुने छ ।
अर्को महत्त्वपूर्ण भनेको संघीय संसद अर्थात अमेरिकी संसद (कंग्रेस) को तल्लो सदन, जसलाई हाउस अफ रिप्रेजेन्टेटिभ्स भनिन्छ, त्यसमा जम्मा ४ सय ३५ मध्ये पेन्सिल्भेनिया राज्यबाट १७ जनाको चुनाव पनि हुने छ ।
जसलाई कंग्रेसनल ड्रिस्ट्रिक भनिन्छ । त्यसबाहेक केही स्थानमा स्थानीय जनमतसम्बन्धी प्रश्नहरू पनि हुन सक्छन्।
यहाँ तपाईँले बुझ्नै पर्ने कुरा मे १९ मा मतदान गर्नका लागि तपाईँले मे ४ तारिख सम्म आफ्नो नाम अद्यावधिक गराइसक्नु पर्ने छ ।
मे १९ मा भोट दिन तपाईँले डेमोक्र्याट र रिपब्लिकन मध्ये एक पार्टीमा नाम दर्ता गराउनु पर्ने हुन्छ । स्वतन्त्र मतदाताले जनमत सम्बन्धी बाहेक पार्टीका उम्मेदवारलाई भोट दिन पाउँदैनन् ।
तपाई अमेरिकी नागरिक हो र १८ वर्ष उमेर पुगेको छ भने मतदाता नामावलीमा नाम दर्ता गर्न सक्नु हुने छ ।
नाम दर्ता गर्नका लागि यहाँ क्लिक गर्नु होला ।
मतदाता दर्ता मे ४ तारिख अगाडि गर्नु होला । तपाई अहिले सम्म स्वतन्त्र बस्नु भएको छ भने कुनै एक पार्टी चयन गर्न सक्नु हुन्छ । वा तपाईँले पार्टी परिवर्तन गर्न चाहेमा त्यो पनि सक्नु हुन्छ ।
त्यसका लागि ‘चेन्ज पार्टी’ विकल्पमा जानु पर्ने हुन्छ ।
एउटा कुरा के याद गर्नु होला भने मे ४ तारिख पछि मतदाता नाम दर्ता गर्दा यस पटकको मे १९ तारिखको चुनावमा मतदान गर्न भने पाइने छैन ।
मतदाता नाम दर्ता अनलाइन, व्यक्तिगत रूपमा वा हुलाकमार्फत दर्ता गर्न सकिन्छ।
तपाईँले पहिले पनि भोट दिनु भएको छ तर अहिले ठेगाना परिवर्तन भएको छ भने त्यसको जानकारी गराउनु पर्ने छ।
यस अगाडि नाम दर्ता भयो भएन भन्न अन्योल छ भने तपाईँले आफ्नो दर्ता जाँच गर्ने सक्नु हुने छ।
त्यसका लागि यो लिंकमा क्लिक गरेर आफ्नो नाम, काउन्टी, जिप कोड, जन्म मिति वा ड्राइभर लाइसेन्स नम्बर प्रयोग गरेर जाँच गर्न सकिन्छ।
तपाईँले नाम दर्ता गरे पछि मतदान केन्द्रमा आफै गएर वा हुलाक बाट पनि भोट दिन पाउनु हुने छ।
गभर्नर जस सापिरोले आफ्नो कार्यकाल दोहोर्याइने भएका छन्। उनी डेम्रोक्रयाट पार्टीका हुने । सापिरोलाई रिपब्लिकन पार्टीकी स्टेसी ग्यारिटीले चुनौती दिने छिन ।
यस्तै लेफ्टिनेन्ट गभर्नर डेमोक्र्याटका अस्टिन डेभिसलाई र रिपब्लिकनबाट जेसन रिची वा जोन भेन्ट्रे मध्ये एकले चुनौती दिने छ ।

















