भूटान छोड्दाको कथा ‘बाँसको झुपडी’
ल्यानक्यास्टर, पेन्सिल्भेनिया / ए बि ड्रिम्सको निर्माणमा बरिष्ठ गायक प्रताप सुब्बा र गायिका रचना रिमालको स्वरमा अहिले बजारमा ‘बाँसको झुपडी’ गीत आएको छ ।
भूटानी शरनार्थीहरुले आफ्नो थातथलो भूटान त्याग्दै जानुपर्दाको दुखलाई गीतको भिडियोमा मार्मिक तरिकामा देखाएको छ ।
भूटान त्याग्दै गरेको बुढाबुढीले रातको प्रहरमा भुटान त्याग्दै गर्दा फर्केर आफ्नो छाप्रोमा हेर्नु, गाइबस्तुहरु भोकाएर बाँ गर्नु, कुकुरले आँखाभरि आँसृु पारेर उनीहरुलाई बिदा गर्नु आदि मार्मिक दुश्यले निर्देशक बिशाल गृुरुङ्गको निर्देशकीय कौशलता देखाउँछ ।
रातको समयमा पनि साविक समयभन्दा अगाडि नै गाइवस्तुहरु जागेर उनीहरुको जानै लागेको चाल पाउनु जस्ता मार्मिक दुश्यले दर्शकलाई धृुरुक्कै रुवाउँछ ।
पशुहरुमा कुनै पनि घटनाको हुने पूर्व सूक्ष्म ज्ञानलाई गीतको म्युजिक भिडियोमा देखाएको छ ।
गीतमा रचना र संगीत प्रताप सुब्बाको रहेको छ भने बरिष्ठ कलाकार सुरविर पण्डित र कविता आलेको अभिनय रहेको छ ।
गीतको सुरुवात मार्मिक संवादबाट सृुरु हृुन्छ, जुन संवाद बरिष्ठ साहित्यकार प्रेमकृष्ण श्रेष्ठले लेखेका हुन् । ज्ञानु सुब्बाको कथा र पटकथा रहेको म्युजिक भिडियोको एरेन्जर फणिन्द्र राई हुन् ।
गायक प्रताब सुब्बाको विगत र वर्तमानका बारेमा समाज टाइम्स संवाद

















