राष्ट्रिय हक्की : गण्डकीको दोहोरो जित
काठमाडौ / गण्डकी प्रदेशले दोश्रो राष्ट्रिय हक्की प्रतियोगितामा सोमबार दोहोरो जित पारेको छ । गण्डकी पुरुष÷महिला दुवैमा विजयी भयो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा महिलातर्फ गण्डकीले बागतमी प्रदेशलाई ४–० गोलले पराजित गर्यो । गण्डकीकी ‘प्लेयर अफ द म्याच’ अंकिता अधिकारीले २ तथा गीता पुन मगर र सीतामाया बलले समान १–१ गोल गरे ।
नेपाल हक्की संघको आयोजनामा भइरहेको प्रतियोगिताको पुरुषमा गण्डकीले कोशी प्रदेशलाई २–० गोलले हरायो । ‘प्लेयर अफ द म्याच’ अशिम बहिकले दुवै गोल गरे ।
महिलामा मधेश प्रदेशले कोशीलाई १–० गोलले पाखा लगायो । प्रीति दासले निर्णायक गोल गरिन् । लक्ष्मनीयाकुमारी दास ‘प्लेयर अफ द म्याच’ बनिन् ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले एक कार्यक्रमबीच उद्घाटन गरे ।
पुरुषमा ६ र महिलामा ५ टिम सहभागी छन् । दुवै समूहमा शीर्ष तीन स्थानमा रहने टिमले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार पाउने छन् ।
















