आईसीसी पुरुष टी–२० विश्वकप : १९ टिमको अन्तिम घोषणा
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ भारत र श्रीलंकामा फ्रेब्रुअरी ७ देखि शुरु हुने आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा कुल २० टिमले प्रतिस्पर्धा गर्दै छन्। त्यस मध्ये आठवटा एसोसिएट राष्ट्रहरू छन्।
सह आयोजक श्रीलंका बाहेक १९ राष्ट्रले आफ्ना अन्तिम टिम घोषणा गरिसकेका छन्।
एसोसिएट राष्ट्रहरु कसरी विश्वक कपमा छनोट भए र कुन–कुन खेलाडीमाथि नजर राख्न सकिन्छ भन्ने विषयमा यहाँ विस्तृत विवरण प्रस्तुत गरिएको छ। यसै गरि १९ टिमका खेलाडीहरुको नाम समेत उल्लेख गरिएको छ।
सुरु गरौँ, पहिलो पटक विश्वकप खेल्न लागेका टोलीबाट।
इटाली
फुटबल विश्वकपमा संघर्षरत इटालीले क्रिकेटमा भने नयाँ इतिहास रच्दै पहिलो पटक आईसीसी पुरुष टी–२० विश्वकप मा स्थान बनाएको छ।
इटालीले युरोपेली सब–रीजनल छनोटमा फ्रान्स, आइल अफ म्यान, लक्जेम्बर्ग र टर्कीलाई पछि पार्दै समूहको शीर्ष स्थान हासिल गर्यो। त्यसपछि घरेलु मैदानमा रोमानियालाई फाइनलमा पराजित गर्दै अर्को चरणमा प्रवेश गर्यो।
त्यसपछि भएको आईसीसी पुरुष टी–२० विश्वकप युरोप क्षेत्रीय छनोटमा नेदरल्यान्ड्सलाई अन्तिम खेलमा साँघुरो अन्तरले हराउँदै जर्सीलाई पछि पारेर विश्वकप यात्रा पक्का गर्यो।
१९ पटक दक्षिण अफ्रिकाका लागि खेलेका जेजे स्मट्स समावेश टोलीको कप्तानी वेन म्याडसनले गर्नेछन्। इटाली समूह ‘सी’ मा इंग्ल्यान्ड, नेपाल, स्कटल्यान्ड र वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्नेछ।
क्यानडा
यसअघि तीन पटक आईसीसी पुरुष क्रिकेट विश्वकप खेलेको क्यानडाले २०२४ मा पहिलो पटक टी–२० विश्वकप खेलेको थियो, जहाँ उसले आयरल्यान्डविरुद्ध ऐतिहासिक जित हात पारेको थियो।
आईसीसी पुरुष टी–२० विश्वकप अमेरिका क्षेत्रीय छनोटमा छमध्ये छ खेल जित्दै क्यानडा पुनः विश्वकपमा छनोट भएको हो। क्यानडा समूह ‘डी’ मा अफगानिस्तान, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र यूएईसँग परेको छ।
अलराउन्डर शिवम शर्माले ११ विकेटसहित प्रतियोगिताको सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए। २२ वर्षीय कप्तान दिलप्रीत बाज्वा पनि हेर्नलायक खेलाडी हुन्।
मुख्य प्रशिक्षक इङ्ग्लेटन लिबर्डले भने, “छनोटभर खेलाडीहरूले असाधारण प्रतिबद्धता र ध्यान देखाए। अब हामी विश्वस्तरमा प्रतिस्पर्धा गर्न पूर्ण रूपमा तयार हुँदैछौँ।”
नामिबिया
नामिबियाले लगातार चौथो पटक आईसीसी पुरुष टी–२० विश्वकप खेल्ने अवसर पाएको छ। अफ्रिका क्षेत्रीय छनोटमा जिम्बाब्वेसँगै उनीहरू विश्वकपमा छनोट भएका हुन्।
सेमिफाइनलमा तान्जानियाविरुद्ध जित निकाल्दै स्थान सुरक्षित गरेको नामिबियाका लागि जेजे स्मिट नायक बने। उनले नटआउट ६१ रन बनाउनुका साथै बलिङमा ३/१६ को प्रदर्शन गरे।
फाइनलमा जिम्बाब्वेसँग पराजित भए पनि कप्तान गेर्हार्ड इरास्मसको नेतृत्वमा नामिबिया पुनः विश्वकपमा देखिनेछ।
अघिल्लो विश्वकपको टोलीबाट नौ खेलाडी पुनः फर्किएका छन्। ज्यान निकोल लोफ्टी–इटनले छनोटमा ६.४० को औसतमा १० विकेट लिएका थिए।
नेपाल
नेपालले आईसीसी पुरुष टी–२० विश्वकप एसिया–ईएपी क्षेत्रीय छनोट अपराजित रहँदै पूरा गर्यो। समूह चरणमा जापान र कुवेतलाई हराएको नेपालले सुपर सिक्समा शीर्ष स्थान हासिल गर्यो।
नेपालका खेलहरू पुनः रोमाञ्चक बने। युएईलाई १ रनले र कतारलाई ५ रनले हराउँदै नेपालले थ्रिलर जित दर्ता गर्यो।
२३ वर्षीय रोहित पौडेल टोलीको कप्तान रहनेछन् भने दीपेन्द्र सिंह ऐरी उपकप्तान हुनेछन्।
यो नेपालका लागि तेस्रो टी–२० विश्वकप सहभागिता हो, र यसपटक समूह चरण पार गर्ने ठूलो आशा गरिएको छ।
नेदरल्यान्ड्स
नेदरल्यान्ड्सले युरोप क्षेत्रीय छनोटमा चारमध्ये तीन खेल जित्दै सातौँ पटक टी–२० विश्वकपमा स्थान बनाएको छ।
दुई पटक समूह चरण पार गरिसकेको नेदरल्यान्ड्सको कप्तानी लगातार तेस्रो पटक स्कट एडवर्ड्सले गर्नेछन्। उनीहरू समूह ‘ए’ मा सह–आयोजक भारत, पाकिस्तान र अमेरिका विरुद्ध खेल्नेछन्।
मुख्य प्रशिक्षक रायन कुकले भने, “हाम्रो टोलीमा विविधता र गहिराइ छ। भारत र श्रीलंकाका अवस्थासँग परिचित भएकाले हाम्रो तयारीप्रति हामी विश्वस्त छौँ।”
ओमान
ओमानले एसिया–ईएपी छनोटको सुपर सिक्समा नेपालपछि दोस्रो स्थानमा रहँदै चौथो पटक टी–२० विश्वकप खेल्ने अवसर पाएको छ।
नादिम खान र जितेन रमणानन्दीले ११–११ विकेट लिएका थिए। टोलीको कप्तानी जतिन्दर सिंहले गर्नेछन्, जो २०२४ संस्करणमा अनुपस्थित थिए।
कप्तान सिंहले भने, “यो गर्वको क्षण हो। यस्तो ठूला प्रतियोगिताका लागि अनुभव अत्यन्त आवश्यक हुन्छ, जुन छनोटले हामीलाई दियो।”
ओमान समूह ‘बी’ मा श्रीलंका, अस्ट्रेलिया, आयरल्यान्ड र जिम्बाब्वेसँग खेल्नेछ।
स्कटल्यान्ड
पहिले नै छनोट नभएका राष्ट्रमध्ये उच्च वरीयतामा रहेकाले स्कटल्यान्डले बंगलादेशको स्थान लिँदै विश्वकपमा प्रवेश पाएको हो।
आईसीसी टी–२०आई वरियतामा १४औँ स्थानमा रहेको स्कटल्यान्ड सातौँ पटक विश्वकप खेल्दैछ।
क्रिकेट स्कटल्यान्डका प्रदर्शन प्रमुख स्टिभ स्नेलले भने, “टोली सन्तुलित छ र भारतमा आउने विभिन्न चुनौती सामना गर्न सक्षम छ।”
युएई
युएईले सुपर सिक्समा नेपाल र ओमानपछि तेस्रो स्थानमा रहँदै तेस्रो पटक टी–२० विश्वकपमा स्थान बनाएको छ।
अन्तिम छनोट खेलमा जापानलाई आठ विकेटले हराउँदै युएईले २०औँ र अन्तिम राष्ट्रको रूपमा विश्वकप टिकट काटेको थियो।
अलिशान शराफुले ५६.६० को औसत र १४३.६५ को स्ट्राइकरेटमा २८३ रन बनाउँदै प्रतियोगिताका सर्वाधिक रन बनाउने खेलाडी बने।
अमेरिका
अमेरिकाले २०२४ मा घरेलु मैदानमा गरेको ऐतिहासिक प्रदर्शनका आधारमा सिधै विश्वकपमा स्थान पाएको हो।
पाकिस्तानलाई हराउनुका साथै सुपर ८ मा पुगेर अमेरिकाले विश्व क्रिकेटमा सनसनी मच्चाएको थियो।
मुख्य प्रशिक्षक पुबुदु दासानायकेले भने,“हाम्रो टोली सन्तुलित, बलियो र सबै पक्षमा प्रभुत्व जमाउन तयार छ।”
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि १९ टोलीका अन्तिम टोली घोषणा
विश्व कप खेल्ने टिम स्क्वाड
विश्वकप खेल्ने २० मध्ये १९ टोलीले आफ्नो अन्तिम टोली (स्क्वाड) घोषणा गरेका छन्। आयोजक राष्ट्र श्रीलंकाले भने हालसम्म आफ्नो अन्तिम टोली सार्वजनिक गरेको छैन।
विश्वकप टोली दर्ताको अन्तिम म्यादकै दिन अस्ट्रेलियाले कप्तान प्याट कमिन्स र म्याथ्यु सर्ट चोटका कारण प्रतियोगितामा सहभागी नहुने जानकारी दिएको छ।
आईसीसीले चार समूहमा विभाजन गरिएको प्रतियोगिताका सबै समूह सार्वजनिक गरिसकेको छ। यसपटक विश्वकपमा टेस्ट राष्ट्रसँगै एसोसिएट राष्ट्रहरूको उल्लेखनीय उपस्थिति रहनेछ।
समूह ‘ए’
भारत
सूर्यकुमार यादव (कप्तान) को नेतृत्वमा भारत घरेलु मैदानमा उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिनेछ।
टोली:
सूर्यकुमार यादव (क), अभिषेक शर्मा, तिलक वर्मा, सन्जु स्यामसन, शिवम दुबे, इशान किशन, हार्दिक पाण्ड्या, अर्शदीप सिंह, जसप्रीत बुमराह, हर्षित राणा, वरुण चक्रवर्ती, कुलदीप यादव, अक्षर पटेल, वाशिङ्टन सुन्दर, रिंकु सिंह
अमेरिका
२०२४ को ऐतिहासिक प्रदर्शनपछि उत्साहित अमेरिका मोनाङ्क पटेलको कप्तानीमा मैदान उत्रिनेछ।
टोली:
मोनाङ्क पटेल (क), जेसी सिंह, एन्ड्रिस गाउस, शेहान जयसूर्या, मिलिन्द कुमार, शायन जहाँगिर, सैतेजा मुक्कामाला, संजय कृष्णमूर्ति, हरमीत सिंह, नोस्थुस केन्जिगे, शाड्ले भान स्काल्कविक, सौरभ नेत्रवलकर, अली खान, मोहम्मद मोहसिन, शुभम रञ्जने
नामिबिया
कप्तान गेर्हार्ड इरास्मसको नेतृत्वमा नामिबिया लगातार चौथो विश्वकप खेल्दैछ।
टोली:
गेर्हार्ड इरास्मस (क), जेन ग्रिन, बर्नार्ड शोल्ट्ज, रुबेन ट्रम्पेलम्यान, जेजे स्मिट, जान फ्राइलिंक, लौरेन स्टिनक्याम्प, मालान क्रुगर, निकोल लोफ्टी–इटन, ज्याक ब्रासेल, बेन शिकोंगो, जेसी बाल्ट, डायलन लाइचर, डब्ल्यूपी माइबर्ग, म्याक्स हिङ्गो
रिजर्भ: अलेक्जेन्डर भोल्शेन्क
नेदरल्यान्ड्स
स्कट एडवर्ड्सको कप्तानीमा नेदरल्यान्ड्स सातौँ पटक विश्वकपमा।
टोली:
स्कट एडवर्ड्स (क), कोलिन एकरम्यान, नोआ क्रोस, बास डे लिडे, आर्यन दत्त, फ्रेड क्लासेन, काइल क्लाइन, माइकल लेभिट, ज्याक लायन–क्यासेट, म्याक्स ओ’डाउड, लोगान भान बिक, टिम भान डर गुग्टेन, रोलोफ भान डर मर्वे, पल भान मिकेरन, साकिब जुल्फिकार
पाकिस्तान
सलमान अली आघाको कप्तानीमा पाकिस्तान नयाँ संयोजनसहित।
टोली:
सलमान अली आघा (क), अब्रार अहमद, बाबर आजम, फहीम अशरफ, फखर जमान, ख्वाजा मोहम्मद नफाय, मोहम्मद नवाज, मोहम्मद सलमान मिर्जा, नसीम शाह, साहिबजादा फरहान, साइम अयुब, शाहिन शाह अफ्रिदी, शादाब खान, उस्मान खान, उस्मान तारिक
समूह ‘बी’
अस्ट्रेलिया
मिचेल मार्शको कप्तानीमा अस्ट्रेलिया उपाधि रक्षा अभियानमा।
टोली:
मिचेल मार्श (क), जेभियर बार्टलेट, कूपर कोनोली, टिम डेविड, बेन ड्वारशुइस, क्यामरुन ग्रीन, नेथन एलिस, जोश हेजलवुड, ट्राभिस हेड, जोश इङ्ग्लिस, म्याथ्यु कुह्नेमान, ग्लेन म्याक्सवेल, म्याथ्यु रेनश, मार्कस स्टोइनिस, एडम जाम्पा
श्रीलंका
अन्तिम टोली घोषणा हुन बाँकी
जिम्बाब्वे
सिकन्दर रजाको कप्तानीमा अनुभवी टोली।
टोली:
सिकन्दर रजा (क), ब्रायन बेनेट, रायन बर्ल, ग्राहम क्रेमर, ब्राड्ली इभान्स, क्लाइभ माडान्डे, टिनोटेन्डा मापोसा, ताडिवानाशे मरुमानी, वेलिङ्टन मासाकाड्जा, टोनी मुन्योङ्गा, टाशिङ्गा मुसेकिवा, ब्लेसिङ मुजाराबानी, डिओन मायर्स, रिचर्ड नगाराभा, ब्रेन्डन टेलर
आयरल्यान्ड
पल स्टर्लिङको कप्तानीमा आयरल्यान्ड।
टोली:
पल स्टर्लिङ (क), मार्क अडैर, रस अडैर, बेन कालिट्ज, कर्टिस क्याम्फर, गारेथ डेलानी, जर्ज डकरल, म्याथ्यु हम्फ्रिज, जोश लिट्ल, ब्यारी म्याककार्थी, ह्यारी टेक्टर, टिम टेक्टर, लोरकन टकर, बेन ह्वाइट, क्रेग यंग
ओमान
जतिन्दर सिंहको कप्तानीमा ओमान चौथो सहभागितामा।
टोली:
जतिन्दर सिंह (क), विनायक शुक्ला, मोहम्मद नदिम, शकील अहमद, हम्माद मिर्जा, वासिम अली, करण सोनावाले, शाह फैसल, नदिम खान, सुफ्यान महमूद, जे ओडेड्रा, शफिक जान, आशिष ओडेड्रा, जितेन रमणानन्दी, आमिर कलीम
समूह ‘सी’
इंग्ल्यान्ड
कप्तान: ह्यारी ब्रुक
टोली:
ह्यारी ब्रुक (क), रेहान अहमद, जोफ्रा आर्चर, टम ब्यान्टन, ज्याकब बेथेल, जोस बटलर, साम करन, लियम डसन, बेन डकेट, विल ज्याक्स, जेमी ओभरटन, आदिल रशीद, फिल साल्ट, जोस टङ, लुक वुड
वेस्ट इन्डिज
कप्तान: शाई होप
टोली:
शाई होप (क), शिम्रोन हेटमायर, जोनसन चार्ल्स, रोस्टन चेज, म्याथ्यु फोर्ड, जेसन होल्डर, अकिल होसेन, शमार जोसेफ, ब्रान्डन किङ, गुडाकेश मोटी, रोभमन पावेल, शेरफेन रदरफोर्ड, क्वेन्टिन स्याम्पसन, जेडन सिल्स, रोम्यारियो शेफर्ड
इटाली
कप्तान: वेन म्याडसन
टोली:
वेन म्याडसन (क), मार्कस क्याम्पोपियानो, जियान पियेरो मीड, जैन अली, अली हसन, क्रिशन जोर्जे कालुगामागे, ह्यारी मानेन्टी, एन्थोनी मोस्का, जस्टिन मोस्का, सैयद नक्वी, बेन्जामिन मानेन्टी, जसप्रीत सिंह, जेजे स्मट्स, ग्रान्ट स्टुअर्ट, थोमस ड्राका
नेपाल
कप्तान: रोहित पौडेल
टोली:
रोहित पौडेल (क), दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सुन्दीप जोरा, आरिफ शेख, बासिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्शन झा, ललित राजबंशी, शेर मल्ल, लोकेश बम
स्कटल्यान्ड
कप्तान: रिची बेरिङ्टन
टोली:
रिची बेरिङ्टन (क), टम ब्रुस, म्याथ्यु क्रस, ब्राड्ली कर्री, ओलिभर डेभिडसन, क्रिस ग्रिभ्स, जैनुल्लाह इहसान, माइकल जोन्स, माइकल लिस्क, फिन्ले म्याकक्रेथ, ब्रान्डन म्याकमुलन, जर्ज मुनसी, सफ्यान शरीफ, मार्क वाट, ब्राड्ली ह्विल
यात्रा गर्ने रिजर्भ: जास्पर डेभिडसन, ज्याक जार्भिस
यात्रा नगर्ने रिजर्भ: म्याकिन्जी जोन्स, क्रिस म्याकब्राइड, चार्ली टियर
समूह ‘डी’
दक्षिण अफ्रिका
कप्तान: एडन मार्कराम
टोली:
एडन मार्कराम (क), कोर्बिन बोश, डेवाल्ड ब्रेभिस, क्विन्टन डे कक, मार्को यान्सेन, जर्ज लिण्डे, केशव महाराज, क्वेना माफाका, डेभिड मिलर, लुंगी एन्गिडी, एनरिच नोर्ट्जे, कागिसो रबाडा, रायन रिकेल्टन, जेसन स्मिथ, ट्रिस्टन स्टब्स
न्युजिल्यान्ड
कप्तान: मिचेल स्यान्टनर
टोली:
मिचेल स्यान्टनर (क), फिन एलन, माइकल ब्रेसवेल, मार्क च्यापम्यान, डेभन कन्वे, ज्याकब डफी, लकी फर्ग्युसन, म्याट हेनरी, काइल जेमिसन, डारिल मिचेल, जेम्स निसम, ग्लेन फिलिप्स, रचिन रविन्द्र, टिम सेइफर्ट, इश सोधी
अफगानिस्तान
कप्तान: राशिद खान
टोली:
राशिद खान (क), नूर अहमद, अब्दुल्लाह अहमदजाइ, सिदिकुल्लाह अतल, फजल हक फारुकी, रहमानुल्लाह गुरबाज, नवीन्उल हक, मोहम्मद इसहाक रहिमी, शाहिदुल्लाह कमाल, मोहम्मद नबी, गुलबदिन नाइब, अजमतुल्लाह उमरजाइ, मुजीब उर रहमान, दरविश रसुली, इब्राहिम जद्रान
रिजर्भ खेलाडी: एएम गजानफार, इजाज अहमद अहमदजाइ, जिया उर रहमान शरीफी
क्यानडा
कप्तान: दिलप्रीत बाज्वा
टोली:
दिलप्रीत बाज्वा (क), अजयवीर हुन्डाल, अंश पटेल, डिलन हेइलिगर, हर्ष ठाकर, जसकरणदीप बुट्टर, कलीम साना, कन्वरपाल ताथगुर, नवनीत धालिवाल, निकोलस किर्टन, रविन्दरपाल सिंह, साद बिन जफर, शिवम शर्मा, श्रेयस मोव्वा, युवराज साम्रा
संयुक्त अरब इमिरेट्स (यूएई)
कप्तान: मोहम्मद वसीम
टोली:
मोहम्मद वसीम (क), अलिशान शराफु, आर्यांश शर्मा, ध्रुव पराशर, हैदर अली, हर्षित कौशिक, जुनैद सिद्दिक, मयंक कुमार, मोहम्मद अर्फान, मोहम्मद फारूक, मोहम्मद जवादुल्लाह, मोहम्मद जोहैब, रोहिद खान, सोहैब खान, सिमरनजित सिंह















