नेपाली समाज टेक्ससको अध्यक्षमा विजय भुसाल भारी मतले विजयी
युलेस, टेक्सस / नेपाली समाज टेक्सस (एनएसटी) को अध्यक्षमा विजय भुसाल भारी मतान्तरसहित निर्वाचित भएका छन्।
उनले कुल २३ सय १८ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिस्पर्धी जनक भण्डारीलाई पराजित गरेका हुन्। जनक भण्डारीले १३ सय ९१ मत प्राप्त गरेका थिए। दुई उम्मेदवारबिचको मतान्तर नौ सय २७ मत रहेको छ।
निर्वाचन समितिले सार्वजनिक गरेको नतिजाअनुसार अध्यक्ष बाहेक अन्य पदहरूमा भने प्रतिस्पर्धात्मक मतदान भएको देखिएको छ।
उपाध्यक्ष पदमा जीवलाल भुसाल १७ सय ७८ मत सहित विजयी भएका छन्। जीवलाल विजय टिमका हुन्। जीवलालका प्रतिस्पर्धी डा. चन्द्र भण्डारीले १७ सय ५३ मत प्राप्त गरे ।
महिला उपाध्यक्ष पदमा राधिका खरेल २२ सय ९२ मतका साथ विजयी भइन् भने उनकी प्रतिस्पर्धी शान्ता गिरीले १३ सय १७ मत प्राप्त गरिन्। राधिका जनक भण्डारी टिमबाट उम्मेदवार बनेकी थिइन्।
उपाध्यक्षमा विजय टिमका दिलीप राई मात्र तीन भोटले विजयी भए। दिलीपले १७ सय ५७ मत पाए। उनका प्रतिद्वन्द्वी गुन्जन भण्डारीले १७ सय ५४ मत पाए।
महासचिवमा प्रवीण श्रेष्ठले १९ सय ५१ मत सहित विजयी भए। प्रवीण विजय भुसाल प्यानलबाट उम्मेदवार बनेका थिए। प्रवीणका प्रतिद्वन्द्वी रामकृष्ण यादवले १५ सय ८० मत पाए ।
सह–सचिव पदमा नारायण बहादुर केसी १८ सय ८४ मतसहित विजयी हुँदा सुशील बर्तौलाले १६ सय १६ मत प्राप्त गरे।
कोषाध्यक्ष पदमा प्रेम थापा (आदित्य) १७ सय ९१ मतका साथ निर्वाचित भए भने भोला मैनालीले १६ सय ०६ मत प्राप्त गरे। सह–कोषाध्यक्ष पदमा कान्ति नेपालले २२ सय १७ मत प्राप्त गर्दै विजय हासिल गरिन्। उनकी प्रतिस्पर्धी रिजिना लामाले १२ सय ७८ मत पाइन्।
खेल संयोजक पदमा उजित अधिकारी १६ सय ९५ मतसहित विजयी भए भने मोहन अधिकारी (सञ्जय) ले १६ सय ५१ मत प्राप्त गरे। महिला संयोजक पदमा सोनु थापा (सोञ्या) १८ सय ८५ मतसहित निर्वाचित भइन् भने मेनु थापाले १५ सय २८ मत प्राप्त गरिन्।
युवा तथा विद्यार्थी संयोजक पदमा आदर्श भण्डारी दुई हजार दुई मतका साथ विजयी भए।
सदस्य पदतर्फ अर्जुन बम (१५३९ मत), बाबुराम अर्याल (१५१८ मत), हेम भट्ट (१४९५ मत), प्रदीप पौडेल (१५४० मत) र रेणु छेत्री (१८४१ मत) निर्वाचित भएका छन्।
निर्वाचन समितिका अनुसार यो नतिजा नै सन् २०२६–२०२७ कार्यकालका लागि नेपाली समाज टेक्ससको कार्यकारी समितिको आधिकारिक परिणाम हो।
नवनिर्वाचित अध्यक्ष विजय भुसालसहित सम्पूर्ण कार्यसमितिले टेक्ससमा रहेका नेपाली समुदायको एकता, सामाजिक सहकार्य र सांस्कृतिक प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।
फोटो एनएसटीको फेसबुक पेजबाट















