पोखरालाई पराजित गर्दै काठमाण्डु प्लेअफमा प्रवेश
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को आजको खेलमा काठमाण्डु गोर्खाजले पोखरा एभेन्जर्सलाई १३ रनले पराजित गरेको छ ।
बिहीबार टीयू क्रिकेट मैदानमा भएको खेलमा पोखरा एभेन्जर्सलाई १३ रनले हराउँदै काठमाण्डु प्लेअफमा प्रवेश गरेको छ ।
७ खेलबाट ५ जितसहित काठमाण्डुले प्लेअफमा स्थान बनाएको हो ।
काठमाण्डुले दिएको १६६ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा १५२ रन मात्र बनाउन सफल भयो ।








