सेन्टर पेन्सिलभेनियामा सोमबार साँझ हिउँ आँधीको चेतावनी
कारलय, पेन्सिलभेनिया / पेन्सिलभेनियामा सोमबार साँझ ठूलो हिमपात हुने चेतावनी अधिकारीहरुले दिएका छन्।
सेन्टर पेन्सिलभेनियामा सोमबार रातिदेखि मंगलबार दिउँसोसम्म भारी मात्रामा हिमपात हुने भएकाले सबैलाई सतकर्ता अपनाउन राष्ट्रिय मौसम विभागले भनेको छ ।
मौसम विभागले सेन्टर पेन्सिलभेनियाको चार वटा काउन्ट्रि लाइकमिङ, कोलम्बिया, सलिभान र स्कुकिललाई लक्षित गर्दै हिउँ आँधीको चेतावनी दिएको छ ।
यी क्षेत्रहरूमा ६ इन्चभन्दा बढी हिउँ जम्ने सम्भावना उच्च रहेको मौसम विभागको जनाएको छ ।
मौसम विज्ञका अनुसार हिउँ सोमबार रातिबाट सुरु हुने र मंगलबार बिहानतिर यसको तीव्रता उल्लेखनीय रूपमा बढ्नेछ ।
केही स्थानहरूमा प्रति घण्टा एक इन्चभन्दा बढी हिउँ पर्ने अनुमान समेत गरिएको छ ।
आई—८१ र आई—७८ हाइवेको उत्तरतिरको उच्च भूभागहरूमा सबैभन्दा भारी हिमपातले प्रभाव पार्ने बताइएको छ ।
हिमपात तीव्र हुने समयमा दृश्यता घट्ने, सवारी नियन्त्रण कठिन हुने तथा यात्रा जोखिमपूर्ण बन्ने चेतावनी जारी गरिएको छ । अत्यावश्यक नपर्ने यात्राहरू स्थगित गर्न तथा मौसम सुधारिनुपर्ने समयसम्म सम्भव भएसम्म घरमै बसिरहन अधिकारीहरूले सुझाव दिएका छन् ।
कभर फोटो एआइको सहयोगमा तयार गरिएको हो।











