पेन्सिल्भेनियामा नोभेम्बर ४ चुनावको दिन, मतदाताले जान्नै पर्ने केही तथ्य
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ पेन्सिल्भेनिया राज्यका मतदाताहरूले आफ्नो मतदान योजना बनाउनुपर्ने बेला आएको छ।
यो वर्ष स्थानीय सरकारका केही पदमा चुनाव हुँदै छ। आगामी नोभेम्बर ४, भोट दिने दिन हो। निर्वाचनका लागि मतदाता तयारी गर्न पेन्सिल्भेनिया राज्य सचिवालयले निर्देशन जारी गरेको छ।
मतदाताले यसरी तयारी गर्न सकिन्छ
१. मतदानको तयारी
- आफ्नो मतदाता दर्ता स्थिति अनलाइन जाँच गर्नुहोस्: vote.pa.gov/status
- आफ्नो काउन्टीको वेबसाइटमा गएर नमुना मतपत्र हेर्न सकिन्छ।
२. मतदान गर्ने तरिका
(क) मतदान केन्द्रमा प्रत्यक्ष मतदान
- मतदान केन्द्र बिहान ७ बजे देखि बेलुका ८ बजे सम्म खुला रहनेछ।
- यदि ८ बजेअघि लाइनमा हुनुहुन्छ भने मतदान गर्न पाउनुहुन्छ।
- पहिलो पटक मतदान गर्दै हुनुहुन्छ भने मान्य परिचयपत्र (आइडी) ल्याउनुहोस्।
(ख) हुलाक मार्फत मतदान
- हुलाकबाट (मेल मतपत्र) पठाइने मतपत्र नोभेम्बर ४, बेलुका ८ बजेभित्र काउन्टी निर्वाचन कार्यालयले पाउनुपर्नेछ।
- मतपत्र आफैँ लगेर बुझाउन सकिन्छ, वा काउन्टीले तोकेको ड्रप बक्स वा साइटेलाइट कार्यालय प्रयोग गर्न सकिन्छ।
- अरूको मतपत्र बोकेर नजानु होला । तर अशक्तता भएका व्यक्तिले लेखेर अरूलाई अनुमति दिन सक्ने व्यवस्था छ।
- यदि मेल मतपत्र पठाउन सक्नुभएन भने, मतदान केन्द्रमा गएर प्रत्यक्ष मतदान गर्न सकिन्छ।
३. योजना परिवर्तन भएमा
- मेल मतपत्र माग्नुभएको भए तर प्राप्त भएको छैन भने, प्रोभिजनल मतपत्र प्रयोग गर्न सकिन्छ।
- अन्तिम समयमा आकस्मिक कारणले मतदान गर्न नसक्ने भए, आपत्कालीन अनुपस्थित मतपत्र माग्न सकिन्छ।
महत्त्वपूर्ण सूचना
- यदि तपाईँले पहिल्यै मेल मतपत्र पठाइसक्नुभएको छ, बुथमा गएर मतदान नगर्नु होला।
- मतपत्रको स्थिति जाँच्न र थप जानकारीका लागि vote.pa.gov मा हेर्न सक्नु हुन्छ।
सहयोगका लागि
कुनै पनि प्रश्न भएमा आफ्नो काउन्टी निर्वाचन कार्यालय सम्पर्क गर्नुहोस् वा vote.pa.gov मा जानकारी पाउनुहोस्।












