हामी शून्यमा पुगेका छौ : प्रधानमन्त्री कार्की
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सम्पूर्ण सरकारी कार्यालयमा आगजनी गर्दा रेकर्ड, प्रमाण र फाइलहरू नष्ट भई शून्यमा पुगेको बताएकी छिन् ।
आइतबार पदभार ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले भौतिक भवनको क्षति भन्दा विवरणहरू जलेर नष्ट हुँदा मुलुक शून्यमा पुगेको बताएकी हुन् ।
उनले भनिन्, ‘हाम्रो रेकर्डहरू, प्रमाणहरू, सर्वोच्च अदालतका फाइलहरू सबै नष्ट भएर हामीलाई अर्को ठुलो समस्या भौतिक भवनको क्षतिले त केही हुँदैन रहेछ त्यो त बनाउन पनि सकिन्छ तर ती रेकर्डहरू, जमानाका फाइलहरू ती विवरणहरू सम्पूर्ण नष्ट भएर हामी यतिखेर शून्यमा पुगेका छौ ।’
उनले सत्ता र पदको लोभ नरहेको भन्दै ६ महिना अवधि मात्र सत्तामा बसी आफ्नो काम गरी नयाँ आउने संसद् र मन्त्रीहरूलाई जिम्मेवारी सुम्पिने बताइन् ।
‘जहाँसम्म मेरो टिम छ, टिमले जुन काम गरिरहेको छ हामी कुनै सत्ताको, यो पदको रस स्वाद गर्न आएका होइनौँ र मेरो उमेर पनि हैन । ६ महिना अवधि मात्र बस्ने त्यो भन्दा बढी नबस्ने गरी आफ्नो काम कार्यवाही गरेर जिम्मेवारी मुक्त हुने र नयाँ आउने संसद् र मन्त्रीहरूलाई जिम्मेवारी दायित्व सुम्पिने हामीले अठोट गरेका छौ,’ उनले भनिन्, ‘जुन परिस्थितिमा म आए कुनै रहरले म आएको हैन । सडकबाट, जताततैबाट सुशीला कार्कीलाई जिम्मा देऊ भनेर आवाज उठ्यो ।’








