बत्तिका सामाग्री ढिलो हुँदा क्रिकेट मैदानको फ्लड लाइट जडान कार्य ढिलो भयो : मन्त्री सिंह
काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले बाहिरबाट सामान आउन ढिलो हुँदा कीर्तिपुरस्थित क्रिकेट मैदानको फ्लड लाइट जडान कार्य ढिलो भएको बताएका छन् ।
आइतबार कीर्तिपुरस्थित क्रिकेट मैदानको स्थलगत अनुगमन गर्दै उनले गुणस्तरीय बत्तीहरू जडान गर्न बाहिरबाट सामान ल्याउनुपर्ने भएकाले काम ढिलो भएको बताएका हुन् ।
उनले भने, ‘हामीले सबैभन्दा राम्रो गुणस्तर भएको बत्ती राखौँ भनेर फ्यान्ट्रिबाट हामीलाई दिएको डेटलाइन अनुसार सामान दिन नसकेको कारण ढिलो भयो । बाहिरबाट यो बत्तीहरू पनि विशेष प्रकारको आउने क्रम सुरु भएको छ ।
अहिले २ गतेसम्ममा तीनवटा पोल छ, चार, पाँच र छ नम्बरको पोल खडा गरेर बत्तीहरू जडान गरिन्छ । त्यसले यो स्टेडियमको रातिको स्वरूपको झझल्को हुन्छ ।’
नेपालीहरूमा क्रिकेटको रुचि बढेको भन्दै उनले नेपालमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बन्ने बताए ।














