राखेपको वार्षिकोत्सवमा खेलाडीसहित १८ विधामा पुरस्कृत गर्ने

काठमाडौं / राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६२ औं वार्षिकोत्सवमा ५ खेलाडीसहित विभिन्न १८ विधामा सम्मान गरिने भएको छ । त्रिपुरेश्वरस्थित राखेपको कभहर्डहलमा भदौ १३ गते राखेपका संरक्षक प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतित्यथामा हुने विशेष समारोहमा उनीहरुलाई सम्मान गरिने छ ।
सिनियर÷जुनियरमा समान १–१ पुरुष÷महिला गरी ४ खेलाडी र १ पारा खेलाडीलाई नगदसहित सम्मान गरिने छ । सिनियरलाई समान १–१ लाख तथा जुनियर र पारा विधामा समान ५०–५० नगदसहित सम्मान गरिने छ । खेलकुद पत्रकार पुरस्कार विधामा समान १–१ पुरुष÷महिलालाई समान २०–२० हजार नगदसहित सम्मानित हुने छन् ।
त्यस्तै प्रशासन र प्राविधिक (२ करारसहित) तर्फ समान ४–४ गरी ८ कर्मचारीलाई नगदसहित सम्मान गरिने छ । सर्वोत्कृष्ट २ लाई समान २५–२५ हजार, उत्कृष्ट २ लाई समान १५–१५ हजार तथा परिषद् सेवा पुरस्कार र करार सेवातर्फ समान २–२ लाई समान १०–१० हजार नगदसहित सम्मान गरिने छ ।
उत्कृष्ट खेल संघलाई १ लाखसहित सम्मान गरिने छ । उत्कृष्ट स्थानिय तह र उत्कृष्ट प्रायोजकलाई प्रशंसा पत्रबाट सम्मान गरिने छ ।
ज्ञानोदयको दोहोरो जित
आयोजक ज्ञानोदय बाल वाटिका माविले ३१ औं ज्ञान कार्निभलअन्तर्गत बास्केटबलमा सोमबार दोहोरो जित हात पारेको छ । ज्ञानोदयको ब्वाइज र गल्र्स दुवै टोलीले जित निकाले ।
ब्वाइजमा ज्ञानोदयले ओएसिस्लाई ३५–३२ ले पराजित ग¥यो । ज्ञानोदयको जितमा सोनु पुरीले १२ अंक योगदान गरे । गल्र्समा नोसिका ढकालको १२ अंक सहयोगमा ज्ञानोदयले मल्पी सिटीलाई २६–७ ले सहजै हरायो ।
ललितपुरको खोकनास्थित आयोजक ज्ञानोदयको कभर्डहलमा भएको ब्वाइजको अन्य खेलमा मल्पी सिटी र भ्याली भ्युले सफलता पाए ।
मल्पी सिटीले क्रिएटिभ एकेडेमीलाई ४१–१५ ले पाखा लगायो । मल्पीका रौनक प्रधानाङले १८ स्कोर गरे । भ्याली भ्युले ओरेकल एकेडेमीमाथि ३९–११ को सहज जित दर्ता गर्यो । भ्याली भ्युका गणेश विष्टले १५ अंक बटुले ।
ब्वाइज फुटबलमा लिटिल एन्जल्स (एलए) ले बृहस्पति विद्या सदनलाई ६–० को फराकिलो गोलअन्तरले पराजित ग¥यो । एलएका सुगत मगरले २ तथा रायडुहाङ राई, जिम्मी लामा र प्रवीण गौतमले समान १–१ गोल गरे । एक गोल आत्माघाती थियो ।
स्वर्णिम र रिब्स फाइनलमा
स्वर्णिम र रिब्स तेश्रो न्यु जेनिथ कपअन्तर्गत अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा सोमबार फाइनलमा प्रवेश गरेका छन् ।
स्वर्णिमले ग्यालेक्सी पब्लिक स्कुललाई ४१–११ ले पराजित ग¥यो । विजयी टिमका लागि हिसी ल्हामु लामाले २१ अंक जोडिन् । रिब्सले राराहिललाई २७–१७ ले हरायो । विजेताकी लिस्का थापाले १२ स्कोर गरिन् ।
भुरुङखेलस्थित आयोजक न्यु जेनिथको कोर्टमा भइरहेको प्रतियोगिताको ब्वाइजमा ज्ञान निकेतन र कन्स्टिलेसनले उपाधि भिडन्त पक्का गरे ।
ज्ञान निकेतनले पुष्पसदनलाई ६७–५१ ले पाखा लगायो । ज्ञान निकेतनका महेन्द्र प्याकुरेलले ३३ अंक बटुले । कन्स्टिलेसनले ब्राइट होराइजनलाई ६९–५८ ले पन्छायो । कन्स्टिलेसनका रिडम नेपालीले २१ अंक जोडे ।
न्यु जेनिथ कपअन्तर्गत ब्वाइज फुटसलको ३ उमेरसमूहको प्रतिस्पर्धामा भने यसअघि नै फाइनल समीकरण तयार भइसकेको छ । यु–११ मा चेल्सी वल्र्ड स्कुल र बेसिक लर्निङ तथा यु–१३ मा ब्राइट होराइजन र हार्टल्यान्ड एकेडेमी उपाधिका लागि भिड्ने छन् । यु–१६ को फाइनलमा रिब्सले ग्रिन भिलेजको सामना गर्ने छ । सबै फाइनल मंगलबार हुनेछ ।
जुडोकी कविता सम्मानित
नेपाल जुडो संघ अन्तर्गतको रेफरिङ कमिसनले कविता पुनलाई सोमबार सम्मान गरेको छ । कवितालाई आईजेएफ कन्टिनेन्टल रेफ्री परीक्षा उत्तीर्ण गरेकोमा सम्मान गरिएको हो ।
परीक्षा जोर्डनको अम्मानमा अगष्ट १५ देखि १९ तारिखसम्म भएको थियो । उपलब्धीसंगै कविताले एसियाली स्तरसम्मको जुडो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न योग्य भएकी छन् । नेपालबाट यो उपलब्धी हासिल गर्ने कविता दोश्रो महिला तथा समग्र १३ औं निर्णायक हुन् ।
आईजेएफ कन्टिनेन्टल रेफ्री एक्जामिनेसन तथा सेमिनारका दौरान भएको परीक्षामा नेपालबाट राधादेवी राई र रवि चौधरीले सहभागिता जनाएकोमा कविता मात्र सफल भएकी हुन् ।
कवितालाई जुडो महासंघका अध्यक्ष दीपकहर्ष वज्राचार्य र कमिसनका अध्यक्ष धर्मकुमार श्रेष्ठले एक कार्यक्रमबीच प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।
काठमाडौं जेभियर्स क्वाटरफाइनलमा
काठमाडौं जेभियर्स पब्लिक स्कुल दोश्रो टाइमलाइन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
गोकर्णेश्वर नगरपालिका ५, नयाँबस्तीस्थित आयोजक टाइमलाइन स्कुलको कोर्टमा काठमाडौं जेभियर्सले इस्टपोललाई २२–७ ले पराजित गर्यो । काठमाडौं जेभियर्सकी नेहा मेहताले ८ अंक जोडिन् ।
सिनियर गल्र्समै पल्र्स एकेडेमीले आकाशदीपलाई २६–१०, लोर्डस् लाइट एकेडेमीले नेमोनिकलाई २५–२४ र भेनसले मनकामनालाई १५–७ ले हराए । पल्र्सकी सुप्रज्ञा दंगालले १४, लोर्डस् लाइटकी डोमी शेर्पाले १५ र भेनसकी अस्मिता तामाङले १० स्कोर गरे ।
सिनियर ब्वाइजमा यङ हार्ट्सले भेनस पब्लिकलाई ३५–१३, काठमाडौं जेभियर्सले क्रिस्टिएनलाई ६२–४०, टाइमलाइनले पल्र्स एकेडेमीलाई २७–२० र नेरिक एकेडेमीले मार्वलस एकेडेमीलाई २४–२२ ले हराउदै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे । यङ हार्ट्सका पासाङ छिरिङले १७, काठमाडौं जेभियर्सका सोहन भुजेलले २२, टाइमलाइनका प्रनिम पाख्रिनले १२ र नेरिकका आयुब लामाले १० अंक बटुले ।
एचएचसीए र सेब सफल
एचएचसीए र सेबले १९ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार सफलता पाएका छन् । एचएचसीएले आयोजक ग्रिनल्यान्डलाई ४१–२९ ले पराजित ग¥यो । एचएचसीएका युकेन्द्र लिम्बूले १४ अंक जोडे । सेबले स्किब्सलाई ४३–३६ ले हरायो । सेबका मनीष गुरुङले १३ स्कोर गरे ।
सिनियर ब्वाइजमै न्युटनले हेम्सलाई ५८–५७ तथा किङडमले फेरिल्यान्डलाई ४०–१२ ले पाखा लगाए । न्युटनका उज्ज्वल लामाले १७ तथा किङडमका मिङमार लामालले १७ अंक बटुले ।
गर्लसमा तेजस्वीले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई १२–५, न्युटनले नव दीक्षितलाई २२–६, फेरिल्यान्डले ज्ञान संस्कारलाई १७–१२, भ्याली पब्लिकले केभीकेएसएसलाई २६–५ र ग्रिनल्यान्डले ल्यान्डमार्कलाई २५–१० ले पन्छाए । तेजस्वीकी एस्थर बरुवालले ९, न्युटनकी दिपसना ठकुरीले ८, फेरिल्यानडकी सन्दिपा राईले १३, भ्याली पब्लिककी लोरिशा गौचनले १० र ग्रिनल्यान्डकी प्रियंका चन्दले ९ अंक जोडे ।
जुनियर ब्वाइजमा पारामाउन्ट एकेडेमीले बीएनएलाई १८–१३, न्युटनले तेजस्वीलाई ३६–२४ र हिमालयनले भ्याली पब्लिकलाई २०–१५ ले पराजित गरे । पारामाउन्टका सुदिप घलेले १०, न्युटनका आशिष राईले १० र हिमालयनका पारसमणि चौधरीले ७ अंक बटुले ।
मास्टर्स टेबलटेनिसमा नेपाललाई ९ पदक
नेपाली भेट्रान खेलाडीले प्रथम ठोडो मास्टर्स टेबलटेनिस प्रतियोगिताको विभिन्न स्पर्धामा ९ पदक जितेका छन् । माल्दिभ्समा अगष्ट १९ देखि २५ तारिखसम्म भएको प्रतियोगितामा नेपालले १ स्वर्ण, ५ रजत र ३ कांस्य जितेको हाल माल्दिभ्समा रहेका टेबलटेनिसका पूर्व मुख्य प्रशिक्षक राजेन्द्र कपालीले जनाएका छन् ।
कपालीले १ स्वर्ण र २ रजत जिते । सुरज वज्राचार्यले २ रजत र १ कांस्य हात पारे । धन महर्जनले १ रजत तथा पूर्णशंकर श्रेष्ठ र सानु महर्जनले समान १–१ कांस्य जिते । कपालीका अनुसार मास्टर्स टेबलटेनिसमा नेपालले हासिल गरेको यो उपलब्धी हालसम्मै ठूलो हो ।
प्रथम अन्तर स्कुलको दोहोरो उपाधी शाम्भवी स्कुलले जित्यो
प्रथम वडा स्तरीय अन्तर विद्यालय फुटसल प्रतियोगिताको दोहोरो उपाधी शाम्भवी स्कुल बत्तीसपुतलीले जितेको छ् ।
सोमबार भएको वडा स्तरीय प्रतियोगिताको फाइनलमा छात्रा र छात्रतर्फको उपाधी शाम्भवी स्कुलले शिक्षान्तर स्कुललाई हराएर जितेको हो । शाम्भवीले छात्रा तर्फ १–० गोलले छात्र तर्फ ७–२ गोल अन्तरले पराजित गर्दै दोहोरो उपाधिमा कब्जा जमाएको हो ।
नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघको काठमाडौं महानगरपालिकाको ९ नम्बर वडा कमिटीले विद्यालय स्तरबाट खेलाडी उत्पादन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरेको थियो ।
विद्यालय स्तरमा प्रतियोगिता आयोजना गर्दा बालबालिकाहरुलाई खेलकुदमा भविष्य बनाउन प्रेरणा प्रदान गर्ने हुँदा युवा संघ प्रती आभार व्यक्त गर्दै आगामी दिनमा थप जिम्मेवार भएर खेलकुद गतिविधिमा लगानी गर्ने काठमाडौं महानगरपालिका वडाध्यक्ष रामजी भण्डारीले ध्यान दिदै अभिभावकत्व दिने बताए ।
प्रथम वडा स्तरीय अन्तर विद्यालय फुटसल प्रतियोगिताका विजेता, उपविजेता, र तेस्रो हुने टिमले क्रमश १० हजार, पाँच हजार र तीन हजार नगद रुपैयाँ सहित ट्रफी, प्रमाणपत्र प्राप्त गरेका थिए ।
त्यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडीको छात्रा तर्फको ट्रफी शाम्भवी स्कुलकी रेखा थापाले जित्दा सोही स्कुलका छात्रा विकास मुखियाले छात्र तर्फको ट्रफी जिते । अन्तर विद्यालयका विजेता टिम र खेलाडीहरुलाई काठमाडौं महानगरका वडाध्यक्ष रामजी भण्डारी लगायतले पुरस्कार वितरण गरेका थिए ।
अन्तर विद्यालयबाट भविष्यका लागि खेलाडी तयार गर्न सजिलो होस् भन्ने उदेश्यले माहोल निर्माण गर्न विद्यालय स्तरका प्रतियोगिताले महत्त्वपूर्ण भुमका खेल्ने भएकाले आगामी वर्षहरुमा थप खेलहरुलाई समावेश गर्दै प्रतियोगितालाई निरन्तरता दिने राष्ट्रिय युवा संघ काठमाडौंको वडा नम्बर ९ का सचीव विशाल राजभण्डारीले बताए ।
गौशाला स्थित आर्किट स्कुलको फुटसलमा सम्पन्न प्रथम वडा स्तरीय अन्तर विद्यालय फुटसल प्रतियोगितामा १२ विद्यालयको सहभागी थियो । प्रतियोगिता दुई दिनसम्म चलेको थियोे ।
भक्त राना स्मृति चेसमा २०० भन्दा बढी खेलाडीको सहभागिता
भक्त राना मेमोरियल बुद्धिचाल प्रतियोगितामा सहभागी खेलाडीको सङ्ख्या २०० पार गरेको छ । रोयल एयरपोर्ट होटेल, काठमाडौँमा आयोजना हुने १९०० भन्दा कम रेटिङको सो प्रतियोगितामा नेपाल र भारतका समेत गरी २०० जना खेलाडीको सहभागिता निश्चित भइसकेको छ । प्रतियोगिताको तयारी लगभग पुरा भएको आयोजक संस्था अखिल नेपाल बुद्धिचाल सङ्घका अध्यक्ष दिपेन राईले जानकारी दिए ।
प्रतियोगितामा खुलाका साथै महिला, भेट्रान, अनरेटेड तथा उमेर समूहको समेत गरी २ लाख भन्दा बढी पुरस्कार राशिको व्यवस्था गरिएको छ । बुधवार र बिहीबार हुने सो रेपिड चेस प्रतियोगिता स्विस लिगको आधारमा ९ चरणमा सञ्चालन हुने छ । प्रतियोगिताको उद्घाटन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने छन् ।
युवराज खत्री र जोय थापा एन्जल्स हार्ट कलेजका ब्रान्ड एम्बासेडर घोषित
एन्जल्स हार्ट कलेज परिवारका लागि गर्वको क्षण स्वरूप, युवा क्रिकेट प्रतिभा युवराज खत्री र जोय थापालाई कलेजको आधिकारिक ब्रान्ड एम्बासेडरको रूपमा नियुक्त गरिएको छ ।
युवराज खत्रीले हालसालै नेपाल यु–१९ टिममा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो क्षमताको प्रमाणित गरेका छन् र प्रतिष्ठित नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्स फ्रेन्चाइजद्वारा चयन भएका छन् ।
त्यस्तै, जोय थापाले एसीसी इस्ट जोन कप यु–१६ मा दुई अर्धशतक प्रहार गर्दै तथा सिंगापुरविरुद्धको फाइनलमा निर्णायक भूमिका खेल्दै नेपाललाई उपाधि जिताउन महत्वपूर्ण योगदान दिएका थिए ।
औपचारिक एमओयु हस्ताक्षर कार्यक्रम कलेजका संस्थापक अध्यक्ष श्री लिलबहादुर पुन, प्रधानाचार्य श्री धनबहादुर पुन, साथै दुवै खेलाडीका अभिभावक लोकेन्द्र खत्री (युवराज खत्रीका पिता) र खिमबहादुर थापा (जोय थापाका पिता) को उपस्थितिमा सम्पन्न भएको हो ।
सम्झौता अनुसार, कलेजले दुवै खेलाडीलाई अनुबन्ध रकम प्रदान गर्ने र साथै प्लस टु सम्मको पूर्ण छात्रवृत्ति प्रदान गर्नुका साथै उनीहरूको भविष्य विकास, उच्चस्तरीय प्रशिक्षण र व्यावसायिक यात्रामा निरन्तर साथ दिने वाचा गरेको छ ।
कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष श्री लिलबहादुर पुनले भने– ‘एन्जल्स हार्ट कलेजमा हामीले शिक्षा र खेलकुदलाई बराबरी महत्व दिएका छौं । युवराज र जोय हाम्रो भविष्यमा लगानी दृष्टिकोणको प्रतिविम्ब हुन्— अनुशासन, मेहनत र सफलताको ।’
त्यस्तै, प्रधानाचार्य श्री धन ब. पुनले थपे– ‘यो कदम कलेजको लागि एउटा ऐतिहासिक पहल हो । यसले विद्यार्थीलाई शिक्षा र खेल एकसाथ अघि बढाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्दछ । हामीलाई युवराज र जोयमाथि गर्व छ, र भविष्यमा अझ चम्किलो उपलब्धि हासिल गर्ने आशा छ ।’
दुवै खेलाडीले कलेज र परिवारप्रति आभार व्यक्त गर्दै, एन्जल्स हार्ट कलेजको भावना र मूल्यलाई मैदानभित्र र बाहिर दुवै स्थानमा उचाल्ने प्रतिज्ञा गरे ।
यस कदमले एन्जल्स हार्ट कलेजले आफ्नो ध्येय — समग्र शिक्षा, युवा नेतृत्व र खेलकुदमा उत्कृष्टतालाई अझ सशक्त बनाएको छ ।