८० प्रतिशत युवाहरूले बिना जागिर महिनाको २ लाख कमाउँछन् : शिक्षामन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले काठमाडौँमा बस्ने ८० प्रतिशत युवाहरूले बिना जागिर घरबाटै महिनाको २ लाख भन्दा धेरै कमाउने गरेको दाबी गरेका छन् ।
शनिबार काठमाडौँका आयोजित नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौँ महानगरपालिका १५ वडा कमिटीद्वारा एसईई सम्मान बधाई तथा शुभकामना दिँदै अहिलेका युवाहरूले घरमै बसेर विदेशका विभिन्न कम्पनीबाट काम लिई ल्यापटपबाट काम गरी पठाउँदा नेपालमा वार्षिक १ खर्ब रुपैयाँ आम्दानी भएको बताए ।
उनले यस्ता कामलाई अझै बढी जोड दिए वार्षिक ८ लाख भन्दा बढी कमाउने बताएका छन् । हिजोको दिनमा जस्तो डाक्टर इन्जिनियर नै बन्नुपर्छ भन्ने नभई नयाँ नयाँ रोजगारीको क्षेत्र आएको छ त्यसैलाई सदुपयोग गर्न सक्यो भने पैसा कमाउन सकिने उनले बताए । उनले आमा बुबाले पनि छोरा छोरीको रुचि के छ भन्नु भन्दा पनि मार्ग निर्देशन दिएर अगाडी बढ्न दिनुपर्ने बताए ।
‘अहिले काठमाडौँमा ८० प्रतिशत युवाहरू जसले जागिर खाँदैनन् तर पनि उनीहरूले घर बसी बसी २ लाख भन्दा धेरै कमाउने गरेका छन् । त्यसको कारण भनेको विदेशका विभिन्न कम्पनीबाट काम लिएर ल्यापटपबाट काम गरी पठाउने गरेका छन् । यस्तो जागिरबाट नेपालमा वार्षिक १ खर्ब रुपैयाँ आइरहेको छ । यसलाई विकास गर्न सक्यो भने ८ खर्ब सम्म ल्याउन सक्छौँ । त्यसैले तपाईँ हामी ले सोचेको भन्दा नयाँ खालको काम गर्नपर्छ । हामी हिजोको जस्तो दिनमा छैनम डाक्टर इन्जिनियर नै बन्न पर्छ भन्ने छैन नयाँ नयाँ रोजगारीको क्षेत्र आएको छ त्यसलाई सदुपयोग गर्न पर्छ, अनि पैसा कमाउन सकिन्छ । आमा बुबाले पनि छोरा छोरीको रुचि के छ त्यही बन्न दिने हो मार्ग निर्देशन दिने हो यही बन्न पर्छ भनेर दबाब दिने होइन ।’ उनले भने