‘अब बानाको ठूलो भवन होस, सबैलाई अटाउन सकियोस्’ : प्रभु थापा, नवनिर्वाचित बाना ट्रस्टी अध्यक्ष

Getting your Trinity Audio player ready...
|
बाल्टिमोर, मेरिल्याण्ड/ बाल्टिमोर एसोसिएसन अफ नेप्लीज इन अमेरिका (बाना) ट्रस्टीका नवनिर्वाचित अध्यक्ष प्रभु थापाले अब नेपालीका सबै गतिविधि एकै ठाउँमा आयोजना गर्न मिल्ने गरी केन्द्र बनाउन आफू लागि पर्ने बताएका छन्।
बाल्टिमोर स्थित फ्यामेली किचनमा शनिवार आयोजित बानाको २० औ साधारण सभामा पद तथा गोपनीयताको सपथ पछि बोल्दै थापाले संस्थामा सबै संस्थापन पक्ष रहेको समेत बताए।
‘हिजो हामी झोलामा कार्यालय बोकेर हिड्थिन्यौ आज कार्यकाल लागि एउटा घर बनाएका छौ। अब हामी खेलकुद देखि सांस्कृतिक कार्यक्रम आफ्नै हलमा गर्ने हैसियतमा पुग्नु पर्छ।‘ थापाले भने, ‘त्यसका लागि तपाईँहरूको साथ समर्थन र सहयोग जरुरी छ। हामी त्यो अभियानमा लागौँ।‘
उनले समाजमा कसैले पनि नकारात्मक टिप्पणी गर्न नपर्ने बताए।
‘समाजमा कसैले पनि टिका टिप्पणी नगरौँ, संस्थापन सकियो भन्न जरुरी छैन समाजमा विभाजन गर्न हुँदैन।‘ थापाले भने।
थापाले आफूले निर्वाचित कमिटीलाई सहयोग गर्ने बताए।
यस अगाडि थापा सहित ट्रस्टीका पदाधिकारीहरूलाई बानाका तत्कालिन अध्यक्ष तथा ट्रस्टी निर्वाचन कमिटीका प्रमुख सुबोध विलास पन्तले पद तथा गोपनीयताको सपथ गराएका थिए।
सोही कार्यक्रममा पद हस्तान्तरण गरिएको थियो।
ट्रस्टीका निवर्तमान अध्यक्ष कुलमणि आचार्यले नवनिर्वाचित अध्यक्ष प्रभु थापालाई बरबुझारथ गरेका थिए।
बाना ट्रस्टीको कार्यकाल पाँच वर्षको रहने व्यवस्था छ।
र यो पनि ..