सरकार प्रति डा. पाण्डेको आक्रोश
काठमाडौँ/ नेपालमा कोरोना महामारी बढ्दो अवस्थामा भए पछि वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. रवीन्द्र पाण्डेले सरकारप्रति आक्रोश व्यक्त गरेका छन् । डा. पाण्डेको फेसबुक स्ट्याटसमा सरकारी ल्याब र हरेक वडाबाट निःशुल्क पिसिआर परीक्षणको व्यवस्था गर्न माग गरेका छन् । प्राइभेट अस्पताल तथा ल्याबमा ५ सय रुपैयाँमा परीक्षणको माग गरेका छन् ।
एन्टिजेन टेस्टको रेकर्ड र रिपोर्टिङ हुने व्यवस्था समेत उनले माग गरेका छन् । साथै डा.पाण्डेले प्रभावकारी कनट्याक्ट ट्रेसिङको माग गरेका छन् । . सङ्क्रमित आइसोलेसनमा बसे नबसेको निगरानीको समेत उनले माग गरेका छन् । . सीमा नाकामा कडाइ, परीक्षण, क्वारेनटिन र आइसोलेसनको व्यवस्था पनि डा. पाण्डेले माग गरेका छन् । प्रहरी प्रशासनद्वारा जनस्वास्थ्यका मापदण्डको प्रभावकारी अनुगमनको आवाज उठाएका डा. पाण्डेले हरेक स्वास्थ्य संस्था ÷ टोल ÷ क्लब आदिबाट निःशुल्क मास्क वितरणको समेत माग गरेका छन् ।
हरेक स्वास्थ्य संस्थामा कोभिडका बिरामीको निःशुल्क उपचारको लागि औषधि उपकरण तम्तयार राख्न माग गरेका डा. पाण्डेले .खोपमा देखिएको ढिलासुस्ती हटाउन तथा हरेक स्वास्थ्य संस्था र स्कुलमा खोप केन्द्र राखेर दिनमा १० लाख जनालाई खोप दिने व्यवस्था मिलाउन माग गरेका छन् ।
डा. पाण्डेको प्रश्न छ, “पहिलो र दोस्रो लहरमा तमाम कमजोरीका बाबजुद परीक्षण वडा वडाबाट गरिएको तथा कनट्याक्ट ट्रेसिङ हुने गरेको तथा अहिलेभन्दा मापदण्डको अनुगमन भएको , क्वारेनटिन ÷ र आइसोलेसन केन्द्र सबैतिर भएको कुरा उठाउँदै अहिले ती हरेक क्षेत्रमा झन् पछि झन् ओह्रालो लाग्दै गएको हो ? भन्ने प्रश्न उठाएका छन् ।














