रामकाजी पोल्यान्ड, हंगेरी र चेक गणतन्त्रको राजदतु
काठमाडौँ /राष्ट्रपति विद्यादेवी भण्डारीले रामकाजी खड्कालाई गणतन्त्र पोल्यान्ड, हंगेरी र चेक गणतन्त्रका लागि गैर आवासीय नेपाली राजदूत पदमा नियुक्त गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम जर्मनीका लागि नेपालको आवासीय राजदूत समेत रहनुभएको खड्कालाई सो पदमा नियुक्त गरेकी हुन् ।
मोरङका स्थायी बासिन्दा खड्काको कूटनैतिक क्षेत्रमा लामो अनुभव छ ।










