जर्जियाको एयरपोर्टमा एक महिलाले प्रहरीसँग झगडा गरेपछि…

पेन्सिल्भेनिया। अमेरिकाको जर्जियास्थित एयरपोर्टमा उपस्थित प्रहरीसँग एक महिलाको झगडा भएको छ । महिलाले प्रहरीलाई मार्ने धम्की दिइन् ।
जसका कारण केहीबेर विमानस्थलमा अस्तव्यस्त भएको थियो । तर, प्रहरीले अन्ततः महिलालाई नियन्त्रणमा लिएर हिरासतमा लिएको थियो। प्रहरीले ती महिलालाई सोधपुछ गरिरहेको छ तर ती महिलाले किन यसो गरिन् भन्नेबारे अहिलेसम्म केही खुल्न सकेको छैन ।
ती महिला जर्जियाको सवानाह/हिल्टन हेड अन्तर्राष्ट्रिय विमानस्थलमा थिइन् र डेल्टा एयरलाइन्सको उडानमा यात्रा गर्ने कार्यक्रम थियो। महिला चेक इन काउन्टरमा पुगेपछि चेक इन काउन्टरको पछाडि हाम फालेर त्यहाँ उपस्थित प्रहरीलाई धम्की दिन थालिन् ।
घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा महिलाले पहेँलो स्वेटर लगाएकी छिन् र उनी चर्को स्वरले चिच्याइरहेको देखिन्छ । प्रहरीले ती महिलालाई शान्त गराउन खोज्दा ती महिलाले मेरो नजिक नआउ भन्दै बारम्बार प्रहरीलाई टाढा बस्न भनिन् । प्रहरीले ती महिलालाई पक्राउ गर्न खोज्दा महिलाले प्रहरीलाई मार्ने धम्की दिँदै ‘म तिमीलाई मार्छु’ भनेकी थिइन् ।
यसपछि ती महिला यताउता दौडिन थालिन्, जसका कारण विमानस्थलमा अराजकता मच्चियो ।
सो क्रममा महिलालाई समात्न खोज्दा प्रहरी पनि खसेका थिए ।
अन्ततः प्रहरीले ती महिलालाई समात्यो। महिलाको यस्तो कार्यको कारण भने अहिलेसम्म खुलेको छैन । प्रहरीले महिलासँग सोधपुछ गरिरहेको छ ।