पेन्सिल्भेनियामा जारी इन्ट्रा कप भलिबलको उपाधिका लागि टेक्ससका सजानी र रुकुम भिड्ने

Getting your Trinity Audio player ready...
|
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ अमेरिकाको पेन्सिलभेनिया राज्यको ल्यानक्यास्टरमा जारी इन्ट्रा कप भलिबल प्रतियोगिताको उपाधिका लागि टेक्ससका दुई क्लब सजानी र रुकुम भिड्ने भएका छन्।
इन्ट्रा फाउन्डेसनको आयोजना शुक्रवार देखि शुरु भएको प्रतियोगिताको दोस्रो दिन शनिवार भएको सेमिफाइनलमा सजानीले रिजउड न्यु योर्कलाई ३-२ को सेटमा हराउँदै रुकुम सँग फाइनल भेट पक्का गरेको हो।
शनिवार नै भएको अर्को सेमिफाइनलमा रुकुमले सान फ्रान्सिस्कोलाई तीन शून्यको सेटमा हराउँदै फाइनल यात्रा तय गरेको थियो।
चार महिनाको अन्तरमा दोस्रो पटक आमान्ने सामुन्ने भएका सजानी र रिजउडको खेल निकै प्रतिस्पर्धात्मक बन्यो। अझ पाँचौँ सेट रोमाञ्चक बनेको थियो।
सजानी र रिजउड गत जुनमा मेरिल्यान्ड सम्पन्न बाना कपको उपाधिका लागि भिडेका थिए। जसमा सजनी विजयी भएको थियो।
बाल्टिमोरबाट सभा घण्टाको दुरीमा चार महिना भित्र हारको बदला लिने रिजउडको सपना आफ्नै गल्तीले पुरा हुन पाएन। पाँचौँ सेटमा १९-१८ रहेको अवस्थामा आफ्नो क्षेत्रमा आएको बलमा रिजउडका खेलाडी अलमलिए।
पहिलो सेट रिजउडले २५-२१ ले जितेको थियो। दोस्रो सेट सजानीको पक्षमा गयो। दोस्रो सेट सजनीले २५-२० ले जित्दै खेल बराबरी गरेको थियो।
तेस्रो सेट रिजउडले २५-२२ ले जित्यो। तीन अंकले पछाडि रहेको बेला रिजउडले सजानीलाई रोक्दै नजिता उल्टाएको थियो।
चौथो सेट सजानीको पक्षमा गयो। सजानीले २५-२० ले जित्यो। त्यस पछिको निर्णायक सेटमा पनि सजनी २०-१८ ले सफल भयो।
यस अगाडिको सेमिफाइनलमा रुकुमले सान फ्रान्सिस्कोलाई २५-१९,२५-२१ र २५-२० को सोझो सेटमा हराएको थियो।
अब टेक्ससका दुई टिम सजनी र रुकुम बिचको फाइनल खेल आइतबार दिउसो हुने छ।
आइतबार नै महिला तर्फका सेमिफाइनल खेल हुने छ। महिला तर्फ बेलमोन्ट भी सी र मित्रता ओहायो तथा सुर्भी ओहायो र बीवाइएससी बिच हुने छ।