रविको फेसबुके आदेशविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । ट्राफिक नियम उल्लंघन सडकमा खटाउने गृहमन्त्री रवि लामिछानेको फेसबुक आदेशविरुद्ध सर्वोच्चमा रिट परेको छ ।
लामिछानेले गणतन्त्र दिवसको अवसरमा भन्दै नियम उल्लंघन गर्नेलाई ट्राफिक व्यवस्थापनमा खटाउने सूचना समाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए ।
त्यसकै आधारमा ट्राफिकले नियम उल्लंघन गर्नेलाई सडक उभ्याउन थालेपछि कृष्ण विक, आकाश कुमार भट्ट, रविन्द्र पौडेललगायतका युवाले सर्वोच्चमा रिट दायर गरेका हुन् ।
उनीहरुले गृहमन्त्रालय, प्रहरी प्रधान कार्यालय, ट्राफिक महाशाखालाई विपक्षी बनाइएको छ । सुनुवाइको लागि पेशी आइतबारका लागि तोकिएको छ ।