नेपालमा थप २ सय ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि
काठमाडौँ / नेपालभर पछिल्लो २४ घण्टामा थप २४१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त सङ्ख्यामा सङ्क्रमित थपिएका हुन् ।
यस्तै पछिल्लो २४ घण्टामा २२८ जना सङ्क्रमित निको भएका छन् । बिहीबार कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या शून्य रहेको छ ।










